घोराही, २२ जेठ । विश्व वातावरण दिवस २०२५ को अवसरमा आज घोराही उपमहानगरपालिका–१५, तुलसीपुर चोकमा जनचेतनामूलक र्‍याली सम्पन्न भएकाे छ।

घाेराही उपमहानगरपालिका वातावरण तथा विपद महाशाखाकाे आयाेजना तथा सञ्जीवनी कलेज अफ हेल्थ साइन्स र पिरामिड एकेडेमीको प्राविधिक सहयाेगमा उक्त जनचेतनामूलक र्‍यालीकाे आयाेजना गरिएकाे थियाे । र्‍याली तुलसीपुर चाेकबाट सुरु भइ ट्राफिक चाेक, हस्पिटल राेड, नेपाल टेलिकम राेड, लखन पार्क, दामाेदर चाेकहुँदै तुलसीपुर चाेकमा आएर काेणसभामा परिणत भएकाे थियाे ।

घाेराही उपमहानगरपालिका वातावरण तथा विपद व्यवस्थापन संयाेजक भानसिंह बुढाकाे अध्यक्षता एवम् प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालकाे प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियाे । काेणसभालाई सम्वाेधन गर्दै प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले वातावरण संरक्षण हरेक नागरिककाे दायित्वभित्र रहेकाले सबैले आ-आफ्नाे भूमिका निभाउन आग्रह गर्नुभयाे । वातावरणबिना जैविक अस्तित्व नरहने भएकाले चेतनशील प्राणीका रुपमा रहेका मानवजातीले नै वातावरण संरक्षण गर्नुपर्नेमा लम्सालले जाेड दिनुभयाे ।

पिरामिड एकेडेमीका मानव स्राेत प्रमुख संगित अधिकारीकाे स्वागत मन्तव्यबाट सुरु भएकाे काेणसभामा घाेराही उपमहानगरपालिकाका प्रशासन महाशाखा प्रमुख वासुदेव आचार्यले वातावरण संरक्षणकाे महत्वका बारेमा प्रकाश पार्नुभएकाे थियाे ।

र्‍यालीमा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल, घाेराही उपमहानगरपालिकाका प्रशासन महाशाखा प्रमुख वासुदेव आचार्य, वातावरण तथा विपद व्यवस्थापन संयाेजक भानसिंह बुढा, वातावरण तथा विपद व्यवस्थापन महाशाखा प्रमुख मदन ओली, पिरामिड एकेडेमीका अध्यक्ष किशाेर लाेहनी, सञ्जिवनी कलेजका प्रवन्ध निर्देशक अमर डाँगी, सञ्जिवनी कलेज र पिरामिड एकेडेमीका शिक्षक तथा विद्यार्थीहरुकाे सहभागीता रहेकाे थियाे ।

काेणसभाकाे सहजीकरण घाेराही उपमहानगरपालिका वातावरण तथा विपद व्यवस्थापन महाशाखा प्रमुख मदन ओलीले गर्नुभएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस