विमला केसी
घाेराही, २३ जेठ । घाेराही १६ सर्रास्थित ज्ञानमाला एकेडेमीमा शुक्रबारिय अतिरिक्त क्रियाकलाप अन्तर्गत हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
कक्षा ६ देखि कक्षा १० सम्मका विद्यार्थीहरुको सहभागिता रहेको अन्तर-सदनात्मक हाजिरी जवाफ प्रतियोगितामा सगरमाथा सदन प्रथम भएकाे छ भने धाैलागिरी सदन द्वितीय भएकाे छ । विद्यालयमा रहेका चार ओटा सदनबीच भएकाे प्रतिस्पर्धामा सगरमाथा सदनका अदिति के सी, श्रीया पुन, अस्मिता चौधरी, आर्जु चौधरी र उन्नती केसी प्रथम भएका छन् । यसैगरी, प्रतियोगितामा धौलागिरी सदनका सनिश केसी, सुदिक्षा वली, दिपेश नेपाली, प्रिजु विक र कृतिका केसी द्वितीय भएका छन् ।
यसैगरी कक्षा एलकेजी देखि युकेजी सम्मको स्कोर गेम सम्पन्न भएको छ। कक्षा एलकेजीतर्फकाे उक्त प्रतियोगितामा आयङ्का विष्ट प्रथम, एरियाना बस्नेत द्वितीय र एन्जिल चन्द तृतीय भएका छन्। यसैगरी कक्षा युकेजीतर्फ आर्यन परियार प्रथम, आदित्यदेव पोख्रेल द्वितीय र इलिना केसी तृतीय भएका छन् ।
प्रतियोगिताकाे समापनमा विजयी प्रतियोगिताहरुलाई पुरस्कार वितरण गरिएको थियो। प्रतियोगिताकाे सहजीकरण शिक्षिका ग्रिष्मा ओलीले गर्नुभएकाे थियाे ।

