घाेराही, २५ जेठ । घोराही उपमहानगरपालिका वडा नम्बर ४ सुनपुर थारुगाउँ टोलमा डिप बोरिङ सञ्चालनमा आएको छ । वडा नम्बर ४ को कार्यालयले गरेको सिफारीस अनुसार घोराही उपमहानगरपालिकाले २० लाख रुपैयाँको लागतमा डिप बोरिङ सञ्चालनमा ल्याएको हो ।

डिप बोरिङ सञ्चालक समितिका अध्यक्ष शिवचन्द्र रिजालको अध्यक्षता एवं घाेराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यता र वडा अध्यक्ष मधुसुदन घिमिरे ‘मुनाल’को विशिष्ट आतिथ्यतामा डिप बोरिङको उद्घाटन गरिएको छ । उक्त डिप बोरिङको पानीबाट सुनपुर क्षेत्रका करिब २५ विगाह क्षेत्रफलमा सिचाई हुने समितिले जनाएको छ । थारुगाउँ टोलका नमराज पाण्डे र सीता पाण्डेको परिवारले उपलब्ध गराउनुभएको जग्गामा डिप बोरिङ खनिएको छ ।

कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरीले पानी नै समृद्धिको आधार भएको बताउनुभयो । पानीकै स्रोत संरक्षण गर्नका लागि वडा नम्बर ४ मा आधा दर्जन कृत्रिम जलाशयहरु निर्माण गरिएको समेत उहाँले बताउनुभयो ।

वडा अध्यक्ष घिमिरेले स्थानीयहरुको माग अनुसार स्थानीय सरकारले पानीको स्रोत तयार पारिदिएको र अब स्थानीयहरुले कृषि उत्पादनमा बृद्धि ल्याउने अपेक्षा व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस