घाेराही, २९ जेठ । नेकपा एमाले तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर १४ को बैठक बिहीबार सम्पन्न भएको छ। नेकपा एमाले तुलसीपुर १४ वडा कमिटीका अध्यक्ष कृष्णबहादुर केसीको अध्यक्षता एवम् नेकपा एमाले दाङ जिल्ला कमिटीका उपाध्यक्ष मनोहर बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न बैठक सम्पन्न भएकाे थियाे।

बैठकले खेतीको समयमा किसानहरूलाई अत्यावश्यक रासायनिक मल सहजरुपमा उपलब्ध गराउन स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारसँग जोडदार माग गर्ने निर्णय गरेको छ। बर्षातकाे माैसमले प्राकृतिक विपदका समस्या सिर्जना हुने भएकाले सम्भावित जाेखिम न्यूनीकरणका लागि पूर्वतयारी गर्न बैठकले सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउने निर्णय समेत गरेको छ।

बैठकले दाङ जिल्लाका विभिन्न स्थानहरूमा भएका अपराधिक घटनाहरुलाई कानुनको दायरामा ल्याएर कारबाही गर्न समेत माग गरेकाे छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस