घाेराही, ३१ जेठ । घाेराही उपमहानगरपालिका १५ तारापुञ्ज टाेलस्थित नमुना बहुभाषिक शिक्षालयमा अन्तर-सदनात्मक हाजिरीजवाफ प्रतियोगिता शुक्रबार सम्पन्न भएकाे छ।
प्रतियोगितामा राताे सदनका सम्भव खड्का, रेश्मा रोका, सोनिका थापा र रितिक गोडेले प्रथम स्थान हासिल गर्नुभएकाे थियाे। यसैगरी, उक्त प्रतियोगितामा पहेंलो सदनका श्रीषा भट्टराई, नेपोलियन रोका, एन्जश घर्ती र सबिना पुनले द्वितीय स्थान प्राप्त गर्नुभएकाे थियाे।
प्रतियोगितामा कक्षा १ र २ का विद्यार्थीहरुको सहभागिता रहकाे थियोे। उक्त प्रतियोगिताकाे क्विज मास्टरको भूमिकामा शिक्षक सामना थापा, स्कोरिङमा भारती रोका र समय सूचकमा सन्जु पुन रहनु भएको थियोे।
प्रतियोगिताकाे समापनमा विद्यालयका प्रिन्सिपल विष्णु हमालले विद्यार्थीहरुको संज्ञानात्मक तथा तार्किक क्षमता विकासका लागि हाजिरीजवाफले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनु भयो। प्रतियोगिताका विजताहरुलाई विद्यालय संयोजक भारती घर्ती मगरले पुरस्कार वितरण गर्नुभएको थियो।

