घाेराही, ६ असार । विद्यार्थीहरुकाे बाैद्धिक क्षमता प्रस्फुटन गर्ने उद्देश्यले नारायणपुर क्षेत्रस्तरीय हाजिरीजवाफ प्रतियाेगिता शुक्रबार नारायणपुरमा सम्पन्न भएकाे छ।

नारायणपुर क्षेत्रका निजी तथा आवासीय विद्यालयहरुकाे सञ्जालका संयाेजक सुर्यबहादुर रावतकाे अध्यक्षता एवम् घाेराही उपमहानगरपालिका वडा नम्बर १० का अध्यक्ष दिपक पाण्डेकाे प्रमुख आतिथ्यतामा प्रतियाेगिता सम्पन्न भएकाे थियाे।

प्रतियोगितामा ज्ञानकुञ्ज बाेर्डिङ स्कुल बकुलाहीका रञ्जित चाैधरी, कर्निका शाह र पूजा डाँगी प्रथम भएका थिए । यसैगरी मनकामना विद्याश्रम साैँडीकुलाका सुवास बिक, दिवस रावत र सृष्टि चाैधरी द्वितीय भएका थिए भने पशुपति विद्याश्रम नारायणपुरका स्वस्तिका बस्नेत, यम्बिसन चाैधरी र क्षितिज चाैधरी तृतीय भएका थिए ।
सञ्जालका सदस्य हरि प्रसाद पाैडेलकाे स्वागत मन्तव्यबाट सुरु भएकाे प्रतियाेगितामा साविक त्रिपुर नगरपालिकाभित्रका १२ वटा निजी विद्यालयहरुले प्रतिस्पर्धा गरेका थिए ।

कार्यक्रममा बाेल्दै प्रमुख अतिथि पाण्डेले साविक त्रिपुर नगरपालिका क्षेत्रलाई शैक्षिक हवका रुपमा विकास गर्न आफू प्रतिबद्ध रहेकाे बताउनुभयाे। उपमहानगरपालिका भइसकेपछि यस क्षेत्र हरेक काेणबाट ओझेलमा परेता पनि यहाँकाे विकासका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा पाण्डेले जाेड दिनुभयाे ।

कार्यक्रमका विशिष्ट अतिथि प्याब्सन दाङका अध्यक्ष निर्मल न्याैपानेले विद्यार्थीहरुकाे क्षमता विकास र उनीहरुलाई उर्जाशील बनाउन यस्ता प्रतियोगिताहरु आवश्यक रहेकाे बताउनुभयाे ।

कार्यक्रममा प्याब्सनका पूर्व केन्द्रीय सदस्य केशव थापा, प्याब्सन घाेराहीका अध्यक्ष बालकृष्ण ओली लगायतले मन्तव्य व्यक्त गर्नुभएकाे थियाे । कार्यक्रमकाे सहजीकरण सचिव सन्देश शाहले गर्नुभएको थियाे ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस