नवराज खत्री
घाेराही, ८ असार ।  प्याब्सन दाङका वरिष्ठ उपाध्यक्ष विरेन्द्र चन्दले विद्यार्थीहरुले आफ्नाे अन्तर्निहित क्षमता पहिचान गर्न सक्नुपर्ने बताउनुभएको छ। एपेक्स कम्प्युटर घाेराहीद्वारा ब्रिज काेर्षका विद्यार्थीहरुकाे बिदाइ कार्यक्रममा उहाँले यस्ताे बताउनुभएको हाे ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका चन्दले विद्यार्थीहरु हचुवा तवरले हुलहुज्जतका पछि लाग्न नहुने बताउनुभयो। उहाँले भविष्यकाे जग वर्तमानमै बसाल्न विद्यार्थीलाई आग्रह गर्नुभयाे ।

एपेक्स कम्प्युटरका सञ्चालक धर्म बहादुर केसीकाे अध्यक्षतामा भएकाे बिदाइ कार्यक्रममा विद्यार्थीहरुले गीत, नृत्य, कविता लगायतका सांस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरेका थिए ।

शिक्षक नवराज खत्रीको स्वागत मन्तव्यबाट सुरु भएकाे कार्यक्रममा मेचीकाली आवासीय माविका प्रिन्सिपल चक्र बहादुर रावत, प्लस टु संयाेजक विष्णुप्रसाद अधिकारीलगायतले बिदाइ मन्तव्य राख्नुभएको थियाे । मेचीकाली आमावि रतनपुरकाे प्राङ्गणमा भएकाे बिदाइ कार्यक्रमकाे सञ्चालन विद्यार्थी मिरा महरा र मेलिना बुढा मगरले गर्नुभएकाे थियाे।

विगत बाइस वर्षदेखि लाेक सेवा आयाेग, शिक्षक सेवा आयाेग, ब्रिज काेर्ष, स्टाफ नर्स, कम्प्युटर तालिम लगायतका कक्षा सञ्चालन गर्दै आएकाे एपेक्स कम्प्युटरले राज्यका विभिन्न तह र निकायका लागि आवश्यक दक्ष जनशक्ति उत्पादनसँगै शैक्षिक क्षेत्रमा महत्त्वपूर्ण याेगदान दिदै आएकाे छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस