घोराही, १४ असार । घोराही–१७ गुलरियास्थित मदन भण्डारी मेमोरियलका विद्यार्थी एवं शिक्षकहरुले जननेता मदन भण्डारीको ७४ औं जन्मोत्सवका अवसरमा शनिबार सडकका बटुवाहरुलाई खाना खुवाउनेदेखि विभिन्न स्थानमा सरसफाई गरेका छन् ।
जय महाकाल युवा समूह घोराहीले घोराहीको गुम्राहचोकमा आयोजना गरेको बटुवाहरुका लागि निशुःल्क खाना खुवाउने कार्यक्रममा समेत विद्यालयका विद्यार्थी एवम् शिक्षकले सहयोगीकारुपमा काम गरेका थिए ।
यसैगरी मदन भण्डारी मेमोरियल स्कूलका शिक्षक विद्यार्थीको टोली र जय महकाल युवा समूहले लुम्बिनी खेलकूद परिषद्ले घोराहीमा आयोजना गरेको खुल्ला दश किलोमिटर दौडको सुरुवाती क्षेत्र विद्युतदेखि नेपाल पत्रकार महासंघ दाङको अगाडी सयौ सहभागिले प्रयोग गरेको पानीको बोतल, प्लास्टिक, केराको बोक्रा, फ्रुटीको खोल सरसफाई गरेका थिए ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनको संयोजनमा सरसफाई क्षेत्रमा आएको शिक्षक, विद्यार्थी, एवं महाकाल युवा समूहको टोलीले गुम्राहचोकमा पनि सरसफाई गरेको थियो । यसैबीच सामाजिक उत्तरदायित्व वहन गर्ने सन्दर्भमा जय महाकाल युवा समूहको टोलीले गुम्राहचोकमा सरसफाई गरेको छ ।












