दाङ, २२ असार । तुलसीपुर बहुप्राविधिक शिक्षालय फार्मेसी संकायकाे आयाेजनामा नेपाल फार्मेसी संघ दाङका नवनिर्वाचित पदाधिकारीलाई स्वागत सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

फार्मेसी सङ्कायका सुनिता रसाइलीकाे अध्यक्षता एवम् तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख एवम् कलेज सञ्चालन समितिका अध्यक्ष टीकाराम खड्काकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे । कार्यक्रममा प्रमुख अतिथि खड्काले विज्ञताकाे अभावमा बिरामीहरूले औषधी सेवनमा समेत समस्या आएकाे बताउनुभयाे । उहाँले पालिकाले याेग्य जनशक्ति उत्पादन गरेर बजारकाे मागलाई पूरा गर्ने बताउनुभयाे । नगर प्रमुख खड्काले मेट्राे कलेजका प्रमुख वसन्त आचार्यले कलेजले यस क्षेत्रमा आवश्यक पर्ने फर्मासिष्ट जनशक्ति उत्पादन गरिरहेकाे बताउनुभयाे ।

लुम्बिनी प्रदेश उपाध्यक्ष सुलभ अधिकारी पालिकाभित्र फार्मेसीकाे जनशक्ति व्यवस्थापन गर्नुपर्ने बताउनुभयाे । उहाँले नगर फार्मेसीकाे अवधारणा अघि ल्याउनुपर्ने बताउनुभयाे । कार्यक्रममा नेपाल फार्मेसी संघ दाङका अध्यक्ष श्यामकुमार गिरी जहाँ औषधी त्यहाँ फर्मासिष्टकाे अभियान लिएर बिरामीका लागि महासचिव दिलकिरण परियार, पत्रकार जीतसागर जिएमलगायतका वक्ताहरूले मन्तव्य व्यक्त गर्नुभएकाे थियाे । तुलसीपुर उपमहानगरपालिकाले सञ्चालनमा ल्याएकाे बहुप्राविधिक शिक्षालय मेट्राे कलेजकाे फार्मेसी सङ्कायमा सातै प्रदेशका विद्यार्थीहरू अध्ययनरत छन् ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस