घाेराही २५ असार । त्रिभुवन विश्व विद्यालय प्राध्यापक संघ महेन्द्र बहुमुखी क्याम्पस एकाई सभापतिमा तिर्थ न्यौपाने निर्वाचित हुनुभएको छ । यसैगरी संघकाे उपाध्यक्षमा निश्चल हमाल, सचिवमा सुधिर पोख्रेल र कोषाध्यक्षमा टोपेन्द्र गौतम निर्वाचित हुनुभएको छ । संघका सदस्यहरुमा समिरमणि गौतम, पुस्कर खड्का, मनोज चौधरी, कुलवीर चौधरी र देवेन्द्र अधिकारी निर्वाचित हुनुभएको छ ।

एकल संक्रमणिय निर्वाचनबाट निर्वाचित सदस्यहरुको पहिलो बैठकले सर्बसहमतिमा पदाधिकारी चयन गरेको थियो । यसैगरी त्रिवि प्राध्यापक संघको राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा निवर्तमान सभापति दिनेश भट्टराई पूर्व सभापति श्याम आचार्य, राजेन्द्र कुमार रेग्मी र शंकर धिताल निर्वाचित भएका छन् ।

प्राध्यापक संघका केन्द्रिय सदस्य प्रकाश श्रेष्ठ संयोजक तथा सुन्दर गौतम र हरि रावत सदस्य रहेको निर्वाचन समितिले ९ जना सदस्य तथा ४ जना राष्ट्रिय प्रतिनिधि निर्वाचित भएको घोषणा गरेको थियो ।

घोषणा पछि बसेको सदस्यहरुको पहिलो बैठकले अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्ष लगायतका पदाधिकारी चयन गर्नुका साथै निर्वाचन प्रक्रियामा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेको थियो । संघका अध्यक्ष दिनेश भट्टराईको अध्यक्षता तथा प्राध्यापक डा. शिव कुमार सुबेदीको प्रमुख आतिथ्यतामा मंगलबार संघको १७ औं अधिवेशन उद्घाटन गरिएको थियो । सो अवसरमा क्याम्पसबाट सेवा निवृत्त सहप्राध्यापक विमल सुवेदी, भरतराज न्यौपाने, प्रियव्रत आचार्य तथा राम थापालाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।

उक्त अवसरमा निर्वाचन समितिले निर्वाचित पदाधिकारी, सदस्य तथा राष्ट्रिय प्रतिनिधिहरुलाई प्रमाणपत्र समेत दिएको थियाे । निवर्तमान सभापति दिनेश भट्टराईले नवनिर्वाचित सभापति तिर्थराज न्यौपानेलाई माइन्युट हस्तान्तरण गर्नुभएको थियाे ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस