असार, २६ असार । गुरु र शिष्यबीच सुमधुर सम्बन्ध हुन जरुरी रहेकाे एक कार्यक्रमका वक्ताहरुले जाेड दिएका छन्।

घाेराही उपमहानगरपालिका १५ स्थित नमुना बहुभाषिक शिक्षालयद्वारा आयाेजित एक कार्यक्रमका वक्ताहरुले यस्ताे जाेड दिएका हुन्। उनीहरुले गुरुप्रति शिष्यहरुलाई सम्मान गर्ने बानीकाे विकास गराउन जरुरी रहेकाे बताएका थिए। गुरु र शिष्यलाई सँगै राखि गरु पुर्णिामा मनाउँदा गुरुप्रतिकाे सम्मान र शिष्यप्रतिकाे माया स्थापित गर्न सकिने वक्ताहरुले बताएका थिए । सुसंस्कृत समाज निर्माणका लागि अग्रजप्रति सम्मान र अनुजप्रति सद्भावपुर्ण व्यवहारकाे विकास गर्न आवश्यक रहेकाे उनीहरुले बताएका थिए ।

शिक्षालयका अध्यक्ष गणेश घर्ती मगरकाे अध्यक्षता एवम् प्याब्सन दाङका वरिष्ठ उपाध्यक्ष विरेन्द्र चन्दकाे प्रमुख आतिथ्यतामा आयाेजित गुरु मिलन कार्यक्रममा शिक्षालयका शिक्षकहरुका शैक्षिक गुरुहरुलाई आमन्त्रण गरि सम्मान गरिएकाे थियाे।

शिक्षालयकी शिक्षिका सरिता घर्तीकाे स्वागत मन्तव्यबाट सुरु भएकाे कार्यक्रममा प्याब्सन घाेराहीका अध्यक्ष बालकृष्ण ओली, मावि हापुर विजाैरीका पूर्व प्रधानाध्यापकहरु डिल्लीराज शर्मा, नुमाकान्त न्याैपाने, केशव रिजाल, वर्तमान प्रधानाध्यापक गनबहादुर ओलीले शुचकामना मन्तव्य राख्नुभएकाे थियाे । यसैगरी, दाङ भ्याली कलेज घाेराहीका प्रिन्सिपल विष्णु बन्जाडे, रेडक्रस साेसाइटि दाङ शाखा मन्त्री प्रकाश श्रीवन्द, मालपाेत कार्यालय घाेराहीका मिलन केसीलगायतले शुभकामना मन्तव्य राख्नुभएकाे थियाे।

कार्यक्रममा शिक्षालयका प्रिन्सिपल विष्णु हमालले विषय प्रवेश गराउनु भएकाे थियाे भने कार्यक्रमकाे सहजीकरण शिक्षिका सञ्जु पुनले गर्नुभएकाे थियाे।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस