दाङ, २९ असार । त्रिवेणी गाउँपालिका रोल्पाले चालु आर्थिक वर्ष २०८१/०८२ को वार्षिक सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । कार्यक्रम जुँगारस्थित गाउँपालिकाको सभाहलमा सम्पन्न भएको हो ।

कार्यक्रम गाउँपालिका अध्यक्ष कर्ण बाँठाको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रम उपाध्यक्ष लेखमणि डाँगीसहित वडा अध्यक्षहरू, राजनीतिक दलका प्रतिनिधि, शिक्षक, पत्रकार, प्रहरी र आम नागरिक गरी करिब ९० जनाको सहभागिता रहेको थियो।

कार्यक्रममा वडा नं १ का अध्यक्ष देउराम घर्ती, वडा नं २ का अध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक कविराज बुढा, वडा नं ३ की अध्यक्ष तिलाकुमारी वली, वडा नं ५ का अध्यक्ष तथा आर्थिक विकास समितिका संयोजक कृष्णबहादुर केसी, वडा नं ६ का अध्यक्ष नरेन्द्र भण्डारी र वडा नं ७ का अध्यक्ष तथा पूर्वाधार विकास समितिका संयोजक धनबहादुर घर्तीलगायतको सहभागिता रहेको थियो ।

सार्वजनिक सुनुवाईमा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर बुढाले आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो भने विभिन्न समितिका संयोजकहरूले चालु आर्थिक वर्षमा सम्पन्न योजनाहरूको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । आर्थिक विकास समिति संयोजक कृष्णबहादुर केसी, सामाजिक विकासका संयोजक कविराज बुढा, पूर्वाधार विकास संयोजक नवराज खड्का, सुशासन समिति संयोजक सम्झना तिरुवा र विपद् व्यवस्थापन समिति संयोजक प्रविन विकले आ–आफ्नो क्षेत्रगत प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा उपस्थित सरोकारवालाहरूले जिज्ञासाहरू राखेका थिए, जसको जवाफ गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष र शाखा प्रमुखहरूले दिएका थिए।

कार्यक्रमको सञ्चालन गाउँपालिकाका प्रेस संयोजक अमृत ओलीले गर्नुभएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष लेखमणि डाँगीले राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस