विमल योगी
दाङ,२ साउन । घाेराही उपमहानगरपालिकाले अघिल्लो बर्षको तुलनामा ३१ प्रतिशत बढि राजश्व संकलन गरेको छ ।

आर्थिक बर्ष २०८०/०८१ मा नगरले आन्तरिक र घरजग्गा रजिष्ट्रेसन शुल्कबाट ३४ करोड ६८ लाख बढि राजश्व संकलन भएकोमा गत आ.व.२०८१/०८२ मा १० करोड ८५ लाख बढि, ४५ करोड ५३ साल ६७ हजार पाँच सय २० रुपैया राजश्व संकलन भएको छ । जसमा नगरको आन्तरिक आयतर्फ २७ करोड ४८ लाख ७९ हजार चार सय ४१ र घरजग्गा रजिष्टेसनबाट १८ करोड चार लाख ८८ हजार ७९ रुपैया राजश्व संकलन भएको राजश्व शाखाका अधिकृत सातौं कुमार खड्काले जानकारी दिनुभएको छ ।

सबैभन्दा धेरै नगरको काउण्टरबाट १२ करोड ५४ लाख ७९ हजार र वडागत रुपमा सबैभन्दा धेरै १५ नम्वर वडाबाट ४ करोड २७ लाख ४२ हजार संकलन भएको छ । त्यसैगरी वडा नम्वर १ बाट २७ लाख २६ हजार, वडा नम्वर २ बाट ४६ लाख ३७ हजार, वडा नम्वर ३ बाट ४६ लाख ७८ हजार, वडा नम्वर ४ बाट ४९ लाख ६४ हजार, वडा नम्वर ५ बाट ४७ लाख ४६ हजार, वडा नम्वर ६ बाट ५० लाख २३ हजार र वडा नम्वर ७ बाट ५५ लाख ५० हजार रावश्व संकलन भएको छ । यस्तै वडा नम्वर ८ बाट ४७ लाख ९५ हजार, वडा नम्वर ९ बाट ५१ लाख ६३ हजार, वडा नम्वर १० बाट १ करोड २७ लाख ३९ हजार, वडा नम्वर ११ बाट ४९ लाख ७० हजार, वडा नम्वर १२ बाट ६१ लाख ४९ हजार, वडा नम्वर १३ बाट ८२ लाख ८ हजार, वडा नम्वर १४ बाट एक करोड ५३ लाख ९ हजार, वडा नम्वर १६ बाट ७७ लाख ८७ हजार, वडा नम्वर १७ बाट एक करोड ९ लाख ५५ हजार, वडा नम्वर १८ बाट ८४ लाख १७ हजार र वडा नम्वर १९ बाट १८ लाख ८१ हजार रुपैया संकलन भएको छ ।

यसैबीच दाङको घोराही उपमहानगरपालिकाले मालपोत कर घटाएको छ । गत आर्थिक बर्षमा शतप्रतिशत बृद्धि भएको क्षेत्रमा यस बर्षदेखि मालपोत कर घटाइएको हो । बजेट तथा राजश्व व्यवस्थापन शाखा शुक्रबार घोराहीमा आयोजना गरेको राजश्व व्यवस्थापनमा संलग्न कर्मचारीहरुका लागि अभिमुखीकरण कार्यक्रममा शाखा प्रमुख कृष्ण केसीले घोराही उपमहानगरपालिकमा गाभिएका साविक गा.वि.स.मा रहेको विभिन्न किसिमका जग्गामा बृद्धि गरिएको कर घटाइएको जानकारी दिनुभयो ।

जग्गाको किसिम अनुसार न्यूनतम २० रुपैयादेखि १ सय ५० देखि प्रतिकट्ठा मालपोत कर लाग्दै आएको गत असारमा सम्पन्न नगरसभाले प्रतिकट्टा ५ रुपैया कर घटाउने निर्णय गरेको हो । कर घटेसँगै अब नागरिकहरुले प्रतिकट्ठा १५ रुपैयादेखि अधिकतम १ सय ४५ रुपैया सम्म मालपोत कर तिर्नुपर्ने छ ।

घोराहीका शहरी क्षेत्र बाहेक नगरपालिकामा गाभिएका साविक सौडियार, ढिकपुर, नारायणपुर, रामपुर, सैघा, धर्ना र हापुर गाविसका ग्रामिण क्षेत्रमा पक्की सडकसँग जोडिएका सडकको अधिकतम १ सय ५० रुपैया र न्यूनतम खरबारी पाखोको २० रुपैया मालपोत कर लाग्दै आएको थियो । यस्तै उपमहानगरपालिकाले चालु आ.व.साउन, भदौ र असोज महिनामा मालपोत,व्यवसाय तथा अन्य कर बुझाउनेलाई १० प्रतिशत छुट तथा हालसम्म कर बुझाउन नसकेकालाई जरिवाना छुटको समेत व्यवस्था गरेको छ ।

अभिमुखीकरणमा घोराही उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख हुमा कुमारी डिसीले नगरलाई आर्थिक रुपमा मजबुत बनाइ विकास गर्न आन्तरिक श्रोतको महत्वपूर्ण भूमिका हुने भएकाले सबैलाई करको दायरामा ल्याउन भूमिका खेल्नुपर्ने बताउनुभयो । नगरपालिकामा प्रत्येक बर्ष राजश्व बृद्धि हुनुमा कर्मचारीहरुको महत्वपूर्ण भूमिका हुने भन्दै उहाँले उच्च मनोबलका साथ काम गर्न निर्देशन दिनुभयो ।

यस्तै प्रमुख प्रशासकीय अधिकृत ऋषीराम केसीले नगरपालिकाले राखेको राजश्वको लक्ष्य पुरा गर्न कुनै दबाब र प्रभावमा नपरी नियमानुशार कर संकलन गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस