सविन प्रियासन
दाङ, ७ साउन । नेवार सेवा समिति घोराही र नेवा मिसा दबु दाङको अगुवाईमा बुधबार नेवारहरुको विशेष पर्व गाठे मंगल घोराहीमा धुमधामका साथ मनाइएको छ । घोराहीमा नेवारी विधिबाट घोराही–१४ गणेश मन्दिर अगाडीको सडकमै पुजाआजा गरेर गाठे मंगल मनाउनुका साथै लाखे नाँचको सुरुवात गरिएको थियो ।

नेवार सेवा समिति घोराही, नेवा मिसा दवु दाङले यसवर्षका सबै पर्व र जात्राहरुलाई विशेष तवरले मनाउने तयारी गरेका छन् । नेवार संस्कार, संस्कृति, कलाको संरक्षणमा अनवरतरुपमा लागिपरेको नेवार सेवा समिति घोराही निसा देव दबुले मनाउन लागेको पर्व र जात्राहरुलाई साथसहयोग गर्न सबैमा अनुरोध गरिएको छ ।

नेवार सेवा समिति घोराहीका अध्यक्ष विमलमान श्रेष्ठ र सचिव विवेक श्रेष्ठले सम्पूर्ण नेवार समुदाय अनि अन्य सबै समुदायलाई जात्रा र पर्वहरुमा साथ सहयोग गर्न अनुरोध गर्नु भएको छ । यसैगरी नेवार महिलाहरुलाई सक्रियताका साथ विभिन्न कार्यमा सहभागि बनाइरहेको नेवा देव दवुका अध्यक्ष रेणु श्रेष्ठ र सचिव रजनी श्रेष्ठले पनि नेवार महिलाहरुलाई पर्व, जात्राहरुमा सक्रिय सहभागिता जनाउन अनुरोध गर्नुभएको छ ।

गाँठे मंगल र लाखे नाँचको सुरुवात गर्न घोराहीमा नेवार अनि अन्य समुदायका विशिष्ठ व्यक्तिहरुको गणेश मन्दिर अगाडी सहभागिता रहेकाे थियो । नेवार सेवा समितिका पूर्व अध्यक्ष एवं शिक्षाविद् राजेन्द्रप्रसाद श्रेष्ठले लाखे नाँचको सुरुवात गर्नका लागि ढोल समेत बजाउनु भएको थियो ।

यसैगरी नेवार सेवा समिति घोराहीका उपाध्यक्ष नेवार महिलामा अगुवा मंगला श्रेष्ठ, नेवा देव दबुका पूर्व अध्यक्ष भवानी श्रेष्ठ, पूर्व सदस्य लक्ष्मी श्रेष्ठ, नेवार सेवा समितिका महिला सदस्य गंगालक्ष्मी श्रेष्ठ लगायतका नेवार महिलाहरुको विशेष सहभागितामा सडकमै विशेष पुजा गरी गाँठे मंगल मनाइएको थियो । सो अवसरमा नेवार सेवा समितिका पूर्व केन्द्रीय उपाध्यक्ष दिपक श्रेष्ठ, लाखे र जात्राको संयोजक शिव श्रेष्ठ, समितिका वरिष्ठ उपाध्यक्ष लेखराज श्रेष्ठ, पूर्व अध्यक्ष सुदर्शन श्रेष्ठ, कोषाध्यक्ष पशुपति श्रेष्ठलगायतको कार्यक्रममा उपस्थिति रहेको थियो ।

घोराहीमा नेवार समुदायले पछिल्ला दिनहरुमा चाडपर्व र सामाजिक कार्यमा विशेष सक्रियता देखाएको छ । यसैगरी नेवार सेवा तुलसीपुरले पनि तुलसीपुरमा गाठे मंगलको अवसरमा विशेष कार्यक्रम गरेको छ ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस