घाेराही, १० साउन । शान्ति निकेतन विद्यालय घाेराही १५ काठेकाेहलले आयाेजना गरेकाे माविस्तरीय अन्तरविद्यालय खुला चित्रकला प्रतियोगितामा ज्ञानमाला एकेडेमी घाेराही १६ सर्राकी स्मारिका चाैधरी प्रथम भएकीछिन् ।

प्रकृति र संरक्षण शिर्षकमा प्रतिस्पर्धा गरेका २१ विद्यालयका ४२ जना प्रतिस्पर्धीलाई उछिन्दै चाैधरीले प्रथम स्थान प्राप्त गरेकी हुन् । विद्यार्थीहरुकाे सिर्जनशील क्षमतालाई प्रतिस्पर्धाका माध्यमबाट प्रस्फुटन गर्ने उद्देश्यले आयाेजना गरिएकाे प्रतियाेगितामा गाेर्खा माविका अमृत बुढा मगर द्वितीय भएकाछन् । यसैगरी लिटिल एन्जल स्कुल घाेराहीका मानव दनवार तृतीय र राजविद्या पाठशालाका अश्विन शाह र शुभसन्देश शिक्षा सदनका बादल बिक सान्त्वना भएकाछन् ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष यादव गिरिकाे अध्यक्षता एवम् नागरिक समाज दाङका सल्लाहकार चन्द्रराज पन्तकाे प्रमुख आतिथ्यतामा प्रतियोगिता सम्पन्न  भएकाे थियाे ।

प्रतियोगिताकाे उद्घाटन गर्दै प्रमुख अतिथि पन्तले विद्यार्थीहरुकाे अन्तरनिहित क्षमताकाे प्रस्फुटन गर्न प्रतियोगिता महत्वपूर्ण रहेकाे बताउनुभयाे । प्रतियोगिताकाे आयाेजना गरि विद्यार्थीलाई सिर्जनशील बनाउन र उनीहरुकाे सिर्जनात्मक क्षमतालाई थप परिस्कृत गर्न शान्ति निकेतन विद्यालयले निर्वाह गरेकाे भूमिकाप्रति पन्तले प्रशंसा गर्नुभयाे ।

प्रतियोगिताकाे समापन समाराेहमा प्रमुख अतिथि पन्तले प्रतियोगिताका विजेताहरुलाई ट्रफी, मेडल, प्रमाणपत्र र नगद पुरस्कारले सम्मान गर्नुभएकाे थियाे । यसैगरी प्रतियोगिताका सहभागी विद्यालयहरुलाई सहभागीताकाे प्रमाणपत्र वितरण गरिएकाे थियाे ।

विद्यालयकी प्राथमिक तह संयाेजक यशाेदा भण्डारीकाे स्वागत मन्तव्यबाट सुरुभएकाे कार्यक्रमकाे सञ्चालन शिक्षिका उर्मिला डाँगीले गर्नुभएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस