अर्घाखाँची, १६ साउन । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियु अर्घाखाँची जिल्लाको नेतृत्व पुनर्गठन भएको छ । अखिल केन्द्रीय कार्यालयले सर्कुलर जारी गर्दै अर्घाखाँची जिल्ला संयोजकको जिम्मेवारी बिक्रम नेपालीलाई दिएको छ ।

यसअघिका अध्यक्ष विराज मुखिया हालै सम्पन्न महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएपछि सो पद रिक्त थियो । केन्द्रीय सचिवालय बैठकले रिक्त पदमा कमिटीका उपाध्यक्ष बिक्रम नेपाली लाई संयोजक तोकेको हो । यस्तै विराज मुखिया जिल्ला इन्चार्जको जिम्मेवारी दिइएको छ ।

त्यस्तै सह-संयोजकमा सन्ताेष भट्टराई ,प्रशान्त खनाल ,विपिन पन्थिलाई दिइएको छ । संयोजक नेपाली सन्धिखर्क नगरपालिका वडा नम्बर २ बेहाेरेका हुन्।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस