दाङ, २३ साउन । घोराही उपमहानगरपालिका वडा नं. १६ सर्रास्थित ज्ञानमाला एकेडेमीमा शुक्रबार हिज्जे प्रतियोगिता सम्पन्न भएको छ ।

विद्यालयकाे वार्षिक तालिका अनुसार शुक्रबारिय अतिरिक्त क्रियाकलाप अन्तर्गत कक्षा ६ देखि १० सम्मका विद्यार्थीका लागि अंग्रेजी हिज्जे प्रतियाेगिताकाे आयाेजना गरिएकाे थियाे ।
विद्यालयका चारवटा सदनहरुकाे सहभागीता रहेकाे प्रतियोगितामा कञ्चनजङ्घा सदन प्रथम भएको छ । उक्त सदनबाट स्मारिका चौधरी (१०), प्रनित रिजाल (९), चेतना आचार्य (८), मोनिका लामिछाने (७) र सदिक्षा भण्डारी (६) ले प्रतिस्पर्धा गरेका थिए ।
यसैगरी उक्त अन्तरसदनात्मक हिज्जे प्रतियाेगितामा सगरमाथा सदन दोस्रो भएको थियो । उक्त सदनबाट अदिति केसी (१०), श्रृया पुन (९), अस्मिता चाैधरी (८), स्वस्तीका बुढाथोकी (७) र उन्नति केसी (६) ले प्रतिस्पर्धा गरेका थिए ।
प्रतियाेगिताकाे समापन अवसरमा विजेताहरुलाई पुरस्कार प्रदान गरिएको थियो । उक्त कार्यक्रमको सहजीकरण शिक्षक सम्झना पाेख्रेल याेगीले गर्नुभएको थियो ।












