oplus_2

दाङ,१२ भदौं । प्रेस चौतारी नेपाल दाङ शाखाका कोषाध्यक्ष चन्द्रप्रकाश नेपालीलाई आज विदाई गरिएको छ ।

वैदेशिक रोजगारीका लागि कोरिया जान लाग्नुभएका नेपालीलाई चौतारीले आज घोराहीमा एक कार्यक्रमको आयोजना गरी प्रशंसापत्र र खादा ओडाएर विदाई गरेको हो । प्रेस चौतारी दाङका उपाध्यक्ष विमल योगीको अध्यक्षता तथा नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवम् घोराही उप महानगरपालिकाका मेयर नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उहाँलाई विदाई गरिएको हो ।

विदाई कार्यक्रममा बोल्ने वक्ताहरुले संगठनलाई सशक्त र क्रियाशिल बनाउन नेपालीले महत्वपूर्ण भूमिका खेलेको भन्दै वैदेशिक रोजगारीमा पनि सफलता मिलोस भनि कामना गरेका थिए । विदाई कार्यक्रमको सञ्चालन प्रेस चौतारी नेपाल दाङका सचिव निमुसंगम घर्तिले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस