घाेराही, १३ भदौ । नेपाल शिक्षक महासंघ केन्द्रिय समितिको आव्हानमा दाङ जिल्लाका १० वटै स्थानीय तह मार्फत शिक्षा मन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाइएकाे छ ।

प्रतिनिधि सभाको शिक्षा समितिले पारित गरि प्रतिनिधि सभामा पठाएको शिक्षा विधेयकमा नेपाल शिक्षक महासंघसँग सरकारले गरेका सम्झौता बमोजिमको कुराहरु नसमेटिएको भन्दै शिक्षकहरुले पुनः आन्दोलनका कार्यक्रमहरु सुरु गरेको नेपाल राष्ट्रिय शिक्षक संगठन घोराहीका अध्यक्ष पोषणराज विष्टले बताउनुभयाे ।

देश विकासको लागि आवश्यक महत्वपूर्ण संसाधन मध्येमा मानव संसाधन प्रमुख रहेकाे र मानव संसाधन निर्माण गर्ने शिक्षकहरुको अवमूल्यन गरेर देश समृद्ध हुन नसक्ने भन्दै शिक्षक अगुवाहरुले शिक्षण पेशालाई मर्यादित र पहिलो रोजाइको पेशा बनाउन राज्यले विशेष प्राथमिकता दिनुपर्नेमा शिक्षक पेशाप्रति विकर्षण गराउने कार्यमा लागेको आरोप लगाएका थिए ।

विहान ११ बजेदेखि १ बजेसम्म भएको धर्ना कार्यक्रम पश्चात घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसीलाई ध्यानाकर्षण पत्र बुझाइएको थियो । उक्त कार्यक्रममा पेशागत महासंघ नेपाल केन्द्रिय निर्वाचन आयोगका अध्यक्ष उद्दव न्यौपाने, नेपाल शिक्षक महासंघ केन्द्रिय सदस्य श्यामा रावत, पेशागत महासंघ लुम्बिनिका उपाध्यक्ष श्रीमण न्यौपाने, नेपाल राष्ट्रिय शिक्षक संगठन दाङका निवर्तमान अध्यक्ष एवं सल्लाहकार संयोजक दामोदर बस्नेत लगायत शिक्षकहरुको उपस्थिति रहेको थियो ।

ध्यानाकर्षण पत्र बुझेपछि संक्षिप्त प्रतिक्रिया दिँदै प्रमुख प्रशासकिय अधिकृत केसीले ऐन नियममा हुने व्यवस्था अनुसार नै हामीहरुको पेशागत विकास हुने भएकाले आवाज उठाउनु जायज भएको भन्दै शिक्षकका मागहरु पुराहोस् भनि शुभकामना दिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस