दाङ, १४ भाद्र । प्रतिनिधि सभा सदस्य मेनका कुमारी पाेख्रेलले महिला हिंसाका घटनाप्रति सरकार गम्भीर हुनुपर्ने बताउनुभएकाे छ। प्रतिनिधि सभाकाे शुक्रबार बसेकाे बैठकमा बाेल्दै सांसद पाेख्रेलले महिला हिंसाका अनेकन घटनाहरु घटिरहेकोप्रति सरकारकाे ध्यान जान जरुरी रहेकाे बताउनुभएको हाे।

हालै अछामकाे पञ्चदेवलविनायक नगरपालिका वडा नं. ८ मा रजस्वला भएर त्रिपालमुनी सुतेका दुईजनाकाे ढुङ्गाले थिचेर ज्यान गएकाे घटना उल्लेख गर्दै पाेख्रेलले छाउगाेठ भत्काएर मात्र समस्या समाधान नहुने बताउनुभयाे । ‘रजस्वला भएकै कारण छाउगाेठ बस्नुपर्ने बाध्यता थियाे, छाउगाेठ भत्किइदा त्रिपालमुनी बस्नुपर्ने अवस्था रहेकाे छ । छाउगाेठ भत्काएर मात्र समाधान नहुने कुरा उजागर भएकाे छ,’ पाेख्रेलले भन्नुभयाे । उहाँले याे समस्या समाधानका लागि स्थानीय सरकारसँगकाे समन्वयमा सचेतना अभियान चलाउन सरकारलाई सुझाउनु भयाे ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस