oplus_2

घाेराही १९ भाद्र । घाेराही १६ सर्रास्थित ज्ञानमाला एकेडेमीमा गठित नेपाल जुनियर रेडक्रस सर्कलले नेपाल रेडक्रस दिवस मनाएकाे छ। सर्कलका अध्यक्ष स्मारिका चाैधरीकाे अध्यक्षता तथा सर्कलका संरक्षक एवम् विद्यालयका प्रिन्सिपल महेश बस्नेतकाे प्रमुख आतिथ्यतामा विशेष कार्यक्रम गरि रेडक्रस दिवस मनाइएकाे हाे ।

कार्यक्रममा बाेल्ने वक्ताहरुले रेडक्रस मानव सेवाप्रति समर्पित संस्था भएकाले पूण्यकाे कर्मका लागि जुरेसका सदस्यहरुले मानवीय सेवामा लाग्नुपर्ने बताएका थिए । सामाजिक कार्यमा समेत जुरेसका सदस्यहरु अगाडि बढ्नुपर्नेमा उनीहरुले जाेड दिएका थिए ।

सर्कलका काेषाध्यक्ष आरती जिसीकाे स्वागत मन्तव्यबाट सुरु भएकाे कार्यक्रममा विद्यालयका प्रिन्सिपल महेश बस्नेत, कार्यक्रम संयाेजक विमला केसी, शिक्षक नायक किशु खड्का, विद्यालयका क्याप्टेन प्रनित रिजाल, जुरेस सदस्य गिरिशा पाण्डेलगायतले शुभकामना मन्तव्य राख्नुभएकाे थियाे ।

कार्यक्रममा विद्यार्थीहरुले रेडक्रससँग सम्बन्धित रचना वाचन तथा चित्रहरुकाे प्रदर्शनी समेत गरेका थिए । कार्यक्रममा सर्कलका सहकाेषाध्यक्ष सृष्टि केसीले धन्यवाद मन्तव्य दिनुभएको थियाे भने कार्यक्रमकाे सहजीकरण सचिव श्रृया पुनले गर्नुभएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस