महेश बस्नेत
घाेराही, २१ भाद्र । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) घाेराही नगर कमिटीद्वारा आयाेजित वर्ड शफल प्रतियोगितामा सिद्धार्थ एकेडेमी प्रथम भएकाे छ।
प्याब्सन घाेराहीकाे वार्षिक कार्यतालिका अनुसार प्रज्ञान एकेडेमी घाेराही १३ बडहरामा आयाेजित प्रतियोगितामा सिद्धार्थ एकेडेमीका सम्पुर्ण शर्मा, कृन्शु खनाल र ओजस्वी भट्ट प्रथम भएका छन् । यसैगरी मेचीकाली आवासीय माविका विपुल यादव, युनिक पाेख्रेल र नन्दिता श्रेष्ठ द्वितीय भएका छन् । उक्त प्रतियोगितामा प्रज्ञान एकेडेमीका ज्याेती दर्लामी, अनिष्मा चाैधरी र पुस्पाञ्जली बिक तृतीय र जनज्योती विद्यामन्दिरका कबिर चाैधरी, तपश बिएम र वैजयन्ती थापा सान्त्वना भएका छन् ।
कक्षा ६ देखि ८ सम्मका विद्यार्थीहरुबीच भएकाे उक्त प्रतियोगितामा घाेराही उपमहानगरपालिकाभित्र रहेका प्याब्सनमा आवद्ध २८ ओटा विद्यालयहरुले प्रतिस्पर्धा गरेका थिए ।
प्याब्सन घाेराही नगर कमिटीका अध्यक्ष बालकृष्ण ओलीकाे अध्यक्षता एवम् निवर्तमान केन्द्रीय सचिव यादव गिरीकाे प्रमुख आतिथ्यतामा भएकाे प्रतियोगिताकाे उद्घाटन सत्रमा बाेल्ने वक्ताहरुले बिद्यार्थीहरुकाे क्षमता प्रदर्शन गर्ने प्लाटफर्म प्याब्सन रहेकाले विद्यालयहरुले सक्रिय सहभागीता जनाउनु पर्नेमा जाेड दिए । उनीहरुले प्याब्सन घाेराहीले वर्षभरिका कार्यक्रमहरु सार्वजनिक गरिसकेकाले विद्यालयहरुले विद्यार्थीहरुलाई अग्रिम तयारी गराउन सुझाएका थिए । बालबालिकाहरुकाे अधिकारलाई कुण्ठित गर्ने गरि कुनैपनि प्रतियोगिता एवम् कार्यक्रमहरुमा असहभागिता हुँदा विद्यार्थीहरुकाे क्षमता विकास हुन नसक्ने उल्लेख गरेका थिए ।
प्याब्सन घाेराही नगर कमिटीका उपाध्यक्ष मानसिंह घर्तीकाे स्वागत मन्तव्यबाट सुरु भएकाे कार्यक्रमकाे उद्घाटन सत्रमा प्याब्सनका निवर्तमान केन्द्रीय सचिव यादव गिरी, प्याब्सन दाङका वरिष्ठ उपाध्यक्ष एवम् घाेराही नगरका प्रमुख सल्लाहकार विरेन्द्र चन्दले शुभकामना मन्तव्य राख्नुभएको थियाे । कार्यक्रममा प्याब्सनका केन्द्रीय सदस्य महेन्द्र अधिकारी, पूर्व केन्द्रीय सदस्य जीवन आचार्य, जिल्ला अध्यक्ष निर्मल न्याैपानेलगायतकाे उपस्थिति रहेकाे थियाे ।
कार्यक्रमकाे उद्घाटन सत्रमा प्रज्ञान एकेडेमीका विद्यार्थीहरुले स्वागत नृत्य प्रस्तुत गरेका थिए भने कार्यक्रमकाे सञ्चालन नगर कमिटी सचिव विमल भण्डारीले गर्नुभएको थियाे ।

