२३ भदौ, काठमाडौं । सामाजिक सञ्जाल बन्दको विरोधमा भएको जेनजी प्रदर्शनका क्रममा घाइते भई सिभिल अस्पतालमा उपचाररत एकजनाको थप मृत्यु भएको छ। यससँगै उपत्यकाका विभिन्न अस्पतालमा मृतकको संख्या १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ।
मन्त्रालयका अनुसार दिउँसो साढे ३ बजेसम्म १३ जनाको मृत्यु भएको थियो भने पछिल्लो मृत्युपछि संख्या १४ मा पुगेको हो।
त्रिवि शिक्षण अस्पतालमा १, केएमसीमा १, ट्रमा सेन्टरमा ६, एभरेष्ट अस्पतालमा ३ र सिभिल अस्पतालमा ३ जनाको मृत्यु भएको पुष्टि भएको छ।
तर, हालसम्म प्रदर्शनका क्रममा घाइते भएकाहरूको यकिन विवरण भने प्राप्त हुन बाँकी रहेको मन्त्रालय स्रोतले जनाएको छ।

