काठमाडौँ, २३ भदौ । गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई उहाँले राजीनामा बुझाउनुभएको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिनुभयो । मन्त्रीका अनुसार उहाँले नैतिक जिम्मेवारीका आधारमा राजीनामा दिनुभएको हो ।
सोमबार काठमाडौंमा जेन-जीको प्रदर्शनमा १७ र इटहरीमा २ जनाको मृत्यु हुनुका साथै ४ सयभन्दा बढी घाइते भएपछि राजीनामाको दबाब बढेको थियो । कांग्रेस पदाधिकारी बैठकमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले गृहमन्त्रीले नैतिकताको आधारमा पद छाड्नुपर्ने धारणा राखेका थिए ।

