महेश बस्नेत
घाेराही, ३ असाेज । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) घाेराही नगर कमिटीले शिक्षक, विद्यार्थी र विद्यालयलाई सम्मान गरेकाे छ ।

संविधान दिवस २०८२ का अवसरमा प्याब्सन घाेेराहीले आधारभूत तह कक्षा ८ काे नगरस्तरीय परीक्षा २०८१ मा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल बाह्र विद्यालयलाई सम्मान गरेकाे छ। यसरी सम्मानित हुने विद्यालयहरुमा आर्वर राइजिङ एकेडेमी, बालप्रतिभा इङ्लिश बाेर्डिङ स्कुल, दीपशिखा सेकेन्डरी स्कुल, गुरुकुल एकेडेमी, ज्ञानसिन्धु सेकेन्डरी स्कुल, मनकामना विद्याश्रम, माेडेल इङ्लिश बाेर्डिङ स्कुल, राजविद्या पाठशाला, सगरमाथा सेकेन्डरी बाेर्डिङ स्कुल, शान्तिसुधा सेकेन्डरी बाेर्डिङ स्कुल, शुभ सन्देश शिक्षा सदन र प्रज्ञान एकेडेमी रहेका छन् ।
कार्यक्रममा एसइइ २०८१ मा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल बाह्र विद्यालयलाई पनि सम्मान गरिएकाे थियाे । यसरी सम्मानित हुने विद्यालयहरुमा आर्वर राइजिङ एकेडेमी, दीपशिखा सेकेन्डरी स्कुल, ग्यालेक्सी एकेडेमी, ज्ञानज्याेती एजुकेशनल एकेडेमी, ज्ञानसिन्धु सेकेन्डरी स्कुल, हिन्दुविद्या पिठ नेपाल, लिटिल एञ्जल स्कुल, रमना पाठशाला, शान्तिसुधा सेकेन्डरी बाेर्डिङ स्कुल, सिद्धार्थ एकेडेमी, सनराइज एकेडेमी र ज्ञानकुञ्ज इङ्लिश सेकेन्डरी स्कुल रहेका छन् ।
प्याब्सन घाेराहीका अध्यक्ष बालकृष्ण ओलीकाे अध्यक्षता एवम् प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालकाे प्रमुख आतिथ्यतामा भएकाे सम्मान कार्यक्रममा एसइइ २०८१ मा अनिवार्य ५ ओटा विषयमा औषत जिपिएमा सबैभन्दा धेरै विद्यार्थीहरु उत्तीर्ण गराउन सफल उत्कृष्ट शिक्षकहरुलाई समेत नगद राशीसहित सम्मान गरिएकाे थियाे । अनिवार्य अंग्रेजी विषयतर्फ ३.८३ जिपिए सहित गुरुकुल एकेडेमीका राजन अधिकारी, नेपाली विषयतर्फ ३.३३ जिपिए सहित भ्यालीटप इङ्लिश बाेर्डिङ स्कुलकी हीरा बिष्ट, गणित विषयतर्फ ३.७४ जिपिए सहित सिद्धार्थ एकेडेमीका नन्दराम पाण्डे, विज्ञान विषयतर्फ ३.९० जिपिए सहित माउन्ट भ्यू इङ्लिश बाेर्डिङ स्कुलका शाेभाराम खनाल र सामाजिक विषयतर्फ २.९८ जिपिए सहित गुरुकुल एकेडेमीका इन्द्र प्रसाद पाेख्रेललाई उत्कृष्ट शिक्षक सम्मान गरिएकाे थियाे ।

कार्यक्रममा एसइइ २०८१ मा ४ जिपिए प्राप्त गर्ने घाेराही उपमहानगरपालिकाभित्र सञ्चालित प्याब्सन घाेराहीमा आबद्ध निजी विद्यालय र विद्यार्थीलाई पनि सम्मान गरिएकाे थियाे । यसरी सम्मानित हुनेमा दीपशिखा सेकेन्डरी स्कुलका श्रीगणेश गिरी, जनज्योति विद्यामन्दिरका सक्षम अधिकारी, निरुता खनाल र लाेमस ओली, माउन्ट भ्यू इङ्लिश बाेर्डिङ स्कुलका सलिना पाैडेल, सिद्धान्त अधिकारी र रक्षा शर्मा, राप्ती सेकेन्डरी स्कुलका सदिक्षा गाैतम र सिद्धार्थ एकेडेमीका हिमानी शर्मा रहनुभएकाे थियाे ।
यसैगरी, कक्षा १२ काे एसएलसी परीक्षामा छात्रतर्फ घाेराही उपमहानगरपालिकामा सर्वाेत्कृष्ट ३.९४ जिपिए प्राप्त गर्ने दाङ भ्याली कलेजका आशिष राना र छात्रातर्फ ३.८४ जिपिए प्राप्त गर्ने गाेर्खा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कुलका अनुश्का बिसी क्षेत्रीलाई सम्मान गरिएकाे थियाे ।

कार्यक्रमलाई सम्बाेधन गर्दै दाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले समाज रुपान्तरणको मुख्य आधार विद्यालय रहेको बताउनुभएकाे छ । अर्यालले विद्यार्थीहरुकाे सर्वाङ्गिण विकासका लागि प्याब्सनले गरेका गतिविधिहरु प्रसंशनीय रहेकाे बताउनुभयो ।
कार्यक्रममा प्याब्सन केन्द्रीय सल्लाहकार परिषद सदस्य अरुण शर्मा, सामाजिक विकास महाशाखा घाेराहीका प्रमुख घनश्याम ओली, प्याब्सन केन्द्रिय कार्यसमिति सदस्य महेन्द्र अधिकारी, जिल्ला अध्यक्ष निर्मल न्याैपानेलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियाे । नगर उपाध्यक्ष मानसिंह घर्तीकाे स्वागत मन्तव्यबाट सुरु भएकाे कार्यक्रमकाे सहजीकरण सचिव विमल भण्डारीले गर्नुभएको थियाे ।












