नवराज खत्री
दाङ, ६ असाेज । खुला खसी कप पुरुष भलिबल प्रतियोगिता २०८२ काे विजेता प्याब्सन घाेराही नगर कमिटी भएकाे छ। विजया दशमी २०८२ काे उपलक्ष्यमा फेलाेसिप ट्रेनिङ सेन्टर र दाङ स्पाेर्ट्स युनिफर्म तुलसीपुर ५ दाङकाे आयाेजनामा आयाेजित प्रतियोगिताकाे विजेता प्याब्सन घाेराही नगर कमिटी भएकाे हाे ।

अरनिकाे मैदान तुलसीपुरमा २ दिनसम्म चलेकाे प्रतियोगिताकाे फाइनल खेलमा १३ का विरुद्ध २५ र १० का विरुद्ध २५ काे साेझाे सेटले प्याब्सन घाेराही नगर कमिटीको टिमले शान्तिनगर गाउँपालिकाकाे टिमलाई पराजित गरेकाे थियाे ।
प्याब्सन घाेराहीका तर्फबाट खेलाडीहरु नवराज खत्री, हेमराज घर्ती, झलक बुढा, कृष्ण बहादुर डाँगी, राजेश बुढा, रामप्रसाद बुढा, लक्ष्मीप्रसाद बुढा, ओपेन्द्र बुढा, नारायण प्रसाद घिमिरे र टिमकाेच धनमाया बाेहरा रहनुभएकाे थियाे । यसैगरी उपविजेता शान्तिनगर गाउँपालिका तर्फबाट भिम कँडेल, अर्जुन नेपाली, केशब डाँगी, खिमराज तिवारी, भिमबहादुर थापा, धनराज पाण्डे, दिलबहादुर केसी, फर्शुराम गाैतम र टिमकाेच मिनबहादुर घिमिरे सहभागी हुनुहुन्थ्यो ।
फेलाेसिप ट्रेनिङ सेन्टरका अध्यक्ष राजु यरीकाे अध्यक्षता एवम् तुलसीपुर वडा नं. ७ का वडा अध्यक्ष राम बहादुर जिसीकाे प्रमुख आतिथ्यता तथा मानव अधिकार तथा शान्ति समाज दाङका सभापति काेमल डाँगीकाे विशिष्ट आतिथ्यतामा प्रतियोगिता सम्पन्न भएकाे थियाे ।
प्रतियोगिताकाे विजयी टिमलाई खसी र उपविजेतालाई बाेका पुरस्कार प्रदान गरिएकाे थियाे । प्रतियोगितामा ७ ओटा समुहले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा ३५ बर्षभन्दा माथिकाे उमेर समुहका खेलाडीहरुले मात्र सहभागी हुन पाउने नियम निर्धारण गरिएको थियाे ।
प्रतियोगिताकाे समापन समाराेहकाे सहजीकरण केपी ओलीले गर्नुभएकाे थियाे ।












