दाङ,१० असाेज। प्रेस चाैतारी नेपाल दाङ शाखाले संगठनकाे कामलाई चुस्तदुरूस्त र थप क्रियाशिल बनाउन ११ सदस्यीय सचिवालय गठन गरेकाे छ ।
चाैतारीकाे बिहीबार घाेराहीमा बसेकाे बैठकले अध्यक्ष सुधासुमन ढकाल, उपाध्यक्ष विमल याेगी, महिला उपाध्यक्ष लक्ष्मि आचार्य, सचिव निमु संगम घर्ती, सहसचिव सन्ताेष खनाल, भ्यूमान पुन, काेषाध्यक्ष महेश बस्नेत, सदस्यहरू प्रेमकुमारी पुन, दिपक वली, कमल वली र अरूण नेपाली रहेकाे सचिवालय गठन गरेकाे हाे ।
चाैतारीका अध्यक्ष सुधासुमन ढकालकाे अध्यक्षता, चाैतारीका केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश ईञ्चार्ज टीका बस्नेतकाे प्रमुख आतिथ्यतामा बसेकाे बैठकलाई सम्वाेधन गर्ने वक्ताहरूले बदलिदाे परिस्थितिमा प्रेस चाैतारीकाे भूमिका अझ बढाउन आवश्यक रहेकाे भन्दै संयमित र मर्यादित किसिमले काम गर्न आग्रह गरेका छन् ।
बैठकले जेन जेड आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाईतेकाे सिघ्र स्वास्थ्य लाभकाे कामना गरेकाे छ । यस्तै बैठकले जेन जेड आन्दोलन क्रममा भएका आगजनी, ताेडफाेड र लुटपाटकाे घटनाकाे निष्पक्ष छानविन गरी दाेषीमाथी कडा कारबाहीकाे माग गरेकाे छ । बैठकले पछिल्लाे समय जनतामा प्रहरीले सुरक्षा दिन्छ भन्ने भराेसा कमजाेर भएको भन्दै समाजमा हुने अराजक, उच्छृङ्खल, विकृति विसंगतिकाे अन्त्यका लागि आफ्नाे भूमिका बढाउन प्रहरी प्रशासनलाई आग्रह गरेकाे छ ।
बैठकले चाैतारीका काेषाध्यक्ष चन्द्रप्रकाश नेपालीले दिएकाे राजिनामा स्वीकृत गर्दै महेश बस्नेतलाई काेषाध्यक्षमा र कमल वलीलाई सदस्यमा मनाेनित गरेकाे छ । चाैतारीका उपाध्यक्ष विमल याेगीकाे स्वागत मन्तव्यबाट सुरू भएकाे नियमित बैठक तथा दशै, तिहार र छठ पर्वका अवसरमा आयाेजित शुभकामना आदानप्रदान कार्यक्रममा केन्द्रीय सदस्य तथा चाैतारीका लुम्बिनी प्रदेश सह इञ्चार्ज गणेश आचार्य, केन्द्रीय सदस्य एवम् जिल्ला इञ्चार्ज दुर्गालाल केसी, नेकपा एमालेका प्रचार विभाग प्रमुख संगित बस्याल, सल्लाहकार जेएन सागर लगायतले बाेल्नुभएकाे थियाे । बैठककाे सहजीकरण चाैतारी दाङका सचिव निमुसंगम घर्तीले गर्नु भएको थियाे ।












