विजाैरी, १७ कार्तिक । बिजौरी हत्याकाण्डका शहीदहरुको स्मृतिमा नेकपा (एमाले) दाङले, बिजौरीमा रक्तदान कार्यक्रम गरेको छ । मध्यावधि निर्वाचनका क्रममा एमालेको शान्तिपुर्ण र्यालीमा भएको शसस्त्र आक्रमण बाट २०५१ कार्तिक १७ गते नारायण चौधरी, कृष्ण चौधरी र पुष्प घिमिरेले सहादत प्राप्त गर्नुभएको थियो।
रक्तदान कार्यक्रममा लक्ष्मण आचार्य, हुकुम बहादुर बस्नेत, मनोहर बुढाथोकी, संगीत बस्याल, सुदन केसी, माधव वली, देवु बस्नेत, प्रदिप बस्नेत, गोविन्द बस्नेत, प्रेमनाथ योगी, विष्णु कालाथोकि, कपिल लामिछाने, रामबहादुर पौडेल, प्रेमलाल खत्री, शिशिर पौडेल, राकेश परियार, टिकाराम पौडेल, गणेशप्रताप पुन, सम्राट भण्डारी, अजय गौतमलगायतले रक्तदान गर्नुभएको थियो ।
जिल्ला अध्यक्ष शिवकुमार आचार्यको अध्यक्षता एवम् पोलिट्ब्युरो सदस्य नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रमको सहजिकरण सचिव श्याम डाँगीले गर्नुभएको थियो। रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटि विजौरी उपशाखाले प्राविधिक सहयोग प्रदान गरेको थियो।
                
		











