घाेराही, १५ मंसिर । “खेल जिवनकाे अभिन्न अवयव हाे” भन्ने मूल नाराका साथ निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) घाेराहीले चाैथाे प्याब्सन घाेराही रनिङ सिल्ड २०८२ सञ्चालन गर्ने भएकाे छ।

साेमबार पत्रकार सम्मेलनकाे आयाेजना गरि प्याब्सन घाेराहीले मंसिर २४ देखि २७ गतेसम्म रनिङ सिल्ड सञ्चालन गर्ने जनाएकाे छ। विगत ३ वर्षदेखि लगातार रनिङ सिल्ड सञ्चालन गरेकाे प्याब्सन घाेराहीले यस वर्ष चाैथाे संस्करण सञ्चालन गर्न लागेकाे नगर अध्यक्ष बालकृष्ण ओलीले पत्रकार सम्मेलनमा जानकारी दिनुभयाे । उहाँका अनुसार घाेराही १८ नवलपुरमा रहेकाे खेल मैदानमा सञ्चालन हुने रनिङ सिल्डमा झन्डै ५ हजार खेलाडीहरु सहभागी हुनेछन्।
रनिङ सिल्डमा कक्षा १० सम्मकाे छात्रतर्फ भलिबल, छात्रातर्फ कपर्दी र छात्रछात्रा दुवैकाे १००, २००, ४००, ८०० र १५०० मिटर दाैड रहेकाछन् । यसैगरी छात्रछात्राकाे फरकफरक ४x१०० र ४x४०० मिटर रिले दाैड, लङ जम्प, ट्रिपल जम्प, हाई जम्प, सट फुट, ज्याभेलिन थ्राे रहेकाछन् ।
कक्षा ७ सम्मका विद्यार्थीहरुका लागि छात्रछात्राहरुकाे १०० मिटर दाैड, लङ जम्प, स्याक रेस, चम्चा दाैड रहेकाछन् । यसैगरी चाैथाे संस्करणमा प्रावि तहमा पनि खेल समावेश गरिएका छन् । कक्षा ५ सम्मका विद्यार्थीका लागि छात्रछात्रा दुबैकाे फरकफरक ६० मिटर दाैड र चम्चा दाैड राखिएकाे अध्यक्ष ओलीले जानकारी दिनुभयाे । उद्घाटन समाराेहमा कक्षा ५ सम्मका विद्यालयहरुले अप्रतियाेगि नृत्य प्रस्तुत गर्नसक्ने व्यवस्था गरिएकाे छ।
पत्रकार सम्मेलनमा प्याब्सन घाेराहीले मंसिर १५ गतेदेखि २१ गतेसम्म साँझ ५:०० बजेसम्मका लागि विद्यालय दर्ता समय ताेकेकाे छ। मंसिर २४ गते चाैथाे प्याब्सन घाेराही रनिङ सिल्ड उद्घाटन गर्ने, २४ देखि २७ गतेसम्म खेल सञ्चालन, २७ गते पुरस्कार वितरण र समापन गर्ने तालिका रहेकाे प्याब्सन घाेराहीले जनाएकाे छ।












