महेश बस्नेत
घाेराही, २८ मंसिर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) घाेराही नगर कमिटीकाे आयाेजनामा सञ्चालित चाैथाे प्याब्सन घाेराही रनिङ सिल्ड सम्पन्न भएकाे छ। खेलकाे अन्तिम परिणाम अनुसार गाेर्खा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुल विजेेता र मेचीकाली सेकेन्डरी बाेर्डिङ स्कुल उपविजेता भएका छन् ।

मंसिर २४ गतेदेखि जारी रनिङ सिल्डकाे अन्तिम दिनसम्म सम्पन्न भएका खेलहरुमा गाेरखा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कुलले चाैथाे रनिङ सिल्डकाे ट्रफी आफ्नाे पाेल्टा पारेकाे हाे। १२ स्वर्ण, ९ रजत र १ कास्य गरि कुल २४ पदकसहित गाेर्खा विजय भएकाे हाे भने ४ स्वर्ण, १ रजत र ३ कास्य सहित कुल ८ पदक सहित मेचीकाली सेकेन्डरी बाेर्डिङ स्कुल उपविजेता भएकाे हाे ।
३ स्वर्ण, ३ रजत र ४ कास्य गरि १० पदकसहित ज्ञानज्याेती प्राेग्रेसिभ स्कुल नारायणपुरले सेकेन्ड रनर अपकाे उपाधि हात पारेकाे छ भने सनराइज एकेडेमी हापुरले ३ स्वर्ण, २ रजत र १ कास्य गरि ६ पदकसहित थर्ड रनर अपकाे उपाधि लिएकाे छ। ३ स्वर्ण, १ रजत र १ कास्य गरि ५ पदक सहित ज्ञानज्याेती एजुकेसनल एकेडेमी पाचौं, २ स्वर्ण, ३ रजत र ६ कास्य गरि ११ पदकसहित मदन भण्डारी मेमोरियल स्कुल छैठौं भएकाे छ। जनज्योति विद्यामन्दिरले २ स्वर्ण, २ रजत र १ कास्य गरि ५ पदक प्राप्त गरि साताैं स्थान लिएकाे छ भने ग्यालेक्सी एकेडेमी र ज्ञानसिन्धु सेकेन्डरी स्कुलले २/२ स्वर्ण सहित आठौं स्थान प्राप्त गरेकाे छ। १ स्वर्ण, २ रजत र १ कास्य गरि ४ पदक सहित प्रज्ञान एकेडेमीले नवाैं स्थान लिएकाे छ भने १ स्वर्ण र १ रजत सहित हिन्दु विद्यापिठले दशाैं स्थान प्राप्त गरेकाे छ।
पाँच दिनसम्म चलेकाे रनिङ सिल्डमा ज्याेती पुञ्ज सेकेन्डरी बाेर्डिङ स्कुलले १ स्वर्ण र २ कास्य, लिटिल भ्याली बालबाटिकाले १ स्वर्ण र १ कास्य, ग्लाेबल एकेडेमीले १ स्वर्ण हात पारेकाे छ। यसैगरी, दिपशिखा सेकेन्डरी स्कुलले ५ रजत र २ कास्य, ज्ञानमाला एकेडेमीले २ रजत र १ कास्य, लिटिल एन्जल स्कुल, रमना पाठशाला र शान्ति निकेतन विद्यालयले १ रजत र २ कास्य पदक हात पारेका छन् ।
बालकुञ्ज इङलिस मिडियम स्कुलले १ रजत र १ कास्य लिएका छन् भने १ रजत लिनेमा अल्फा इङलिस बाेर्डिङ स्कुल, गाेदावरी इङलिस मिडियम स्कुल, नवचेतना शैक्षिक बाेर्डिङ स्कुल, स्टार इङलिस बाेर्डिङ स्कुल र स्वर्गद्वारी इङलिस बाेर्डिङ स्कुल रहेका छन् । २ वटा कास्य लिनेमा पर्ल एकेडेमी र सगरमाथा सेकेन्डरी बाेर्डिङ स्कुल रहेका छन् भने १ मात्र कास्य पदक प्राप्त गर्नेमा डिभाइन एकेडेमी, मनकामना इङलिस सेकेन्डरी स्कुल, राजविद्या पाठशाला, राप्ती सेकेन्डरी बाेर्डिङ स्कुल र भ्यालीटप इङलिस बाेर्डिङ स्कुल रहेका छन् ।
उत्कृष्ट खेलाडीकाे उपाधि प्रदान
चाैथाे प्याब्सन घाेराही रनिङ सिल्डकाे अवधिभर भएका विभिन्न खेलका उत्कृष्ट खेलाडीहरुलाई उपाधि प्रदान गरिएकाे छ। कबड्डीतर्फ सनराइज एकेडेमीका वर्षा पुनलाई उत्कृष्ट खेलाडीकाे उपाधि प्रदान गरिएकाे थियाे भने भलिबलतर्फ ज्ञानसिन्धु सेकेन्डरी स्कुलका मनाेज खड्कालाई उत्कृष्ट खेलाडीकाे उपाधि प्रदान गरिएकाे थियाे । एथलेटिक्स छात्रछात्रातर्फ गाेर्खा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कुलका विपिन लम्साल र चिनाेची घर्ती मगरले उत्कृष्ट खेलाडीकाे उपाधि हात पारेका छन् ।
चाैथाे संस्करणका रुपमा रहेकाे प्याब्सन घाेराही रनिङ सिल्डमा ३८ खेलहरु भएका थिए भने ५८ विद्यालयका झन्डै ५ हजार खेलाडीहरुले प्रतिस्पर्धा गरेकाे खेलकुद संयाेजक मानसिंङ घर्तीले जानकारी दिनुभयाे ।
प्याब्सन घाेराही नगर कमिटीका अध्यक्ष बालकृष्ण ओलीकाे अध्यक्षतामा भएकाे समापन तथा पुरस्कार वितरण समाराेहमा टप टेनसम्मका विद्यालयहरुलाई ट्रफि र प्रमाणपत्र प्रदान गरिएकाे थियाे भने अन्य पदक प्राप्त गरेका विद्यालयलाई पनि प्रमाणपत्र प्रदान गरिएकाे थियाे । खेलकुद समाराेहका सहजीकरण नगर सचिव विमल भण्डारीले गर्नुभएको थियाे ।












