घाेराही, १२ पाैष । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) घाेराही नगर कमिटीद्वारा आयाेजित अन्तरविद्यालय शिक्षक भलिबल २०८२ काे उपाधि गाेरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुल घाेराहीले हात पारेकाे छ ।
गाेरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुल र मेचीकाली सेकेन्डरी बाेर्डिङ स्कुलबिच भएकाे फाइनल खेलमा गाेरखाले मेचीकालीलाई हराउँदै उपाधि हात पारेकाे हाे । उक्त खेलकाे उपविजेता मेचीकाली सेकेन्डरी बाेर्डिङ स्कुल भएकाे छ ।
शनिबार सम्पन्न प्रतियोगिताकाे सेकेन्ड रनर अप ज्ञानज्याेती एजुकेसनल एकेडेमी र शान्तिसुधा इङलिस बाेर्डिङ स्कुल घाेराही भएका थिए । खेल अवधिभर उत्कृष्ट खेल प्रदर्शनी गरेका गाेरखाका खेलाडी गाेविन्द राेकालाई बेस्ट प्लेअर अवार्ड प्रदान गरिएकाे थियाे । प्रतियोगिताकाे विजेता विद्यालयलाई दस हजार नगद पुरस्कार र ट्रफि, उपविजेतालाई आठ हजार नगद पुरस्कार र ट्रफि, सेकेन्ड रनर अपलाई छ/छ हजार नगद पुरस्कार र ट्रफि प्रदान गरिएकाे थियाे भने खेलाडीलाई मेडल र प्रमाणपत्र प्रदान गरिएकाे थियाे । ज्ञानज्याेती प्राेग्रेसिभ स्कुल नारायणपुरकाे खेलमैदानमा भएकाे प्रतियोगितामा एघार विद्यालयले प्रतिस्पर्धा गरेका थिए ।
प्याब्सन घाेराहीका अध्यक्ष बालकृष्ण ओलीकाे अध्यक्षता एवम् प्याब्सन दाङका अध्यक्ष निर्मल न्याैपानेकाे प्रमुख आतिथ्यतामा भएकाे समापन समाराेहमा बाेल्दै न्याैपानेले खेलले शिक्षकहरुबिच सुमधुर सम्बन्ध स्थापित गर्न मद्दत गर्ने बताउनुभयो । आगामी वर्षमा पनि शिक्षकहरुका लागि मैत्रीपूर्ण खेलकुद सञ्चालन गर्दै परस्पर सम्बन्ध कायम राख्न न्याैपानेले आग्रह गर्नुभयाे ।
प्याब्सन घाेराही नगर उपाध्यक्ष मानसिंह घर्तीकाे स्वागत मन्तव्यबाट सुरु भएकाे समापन कार्यक्रमकाे सहजीकरण सचिव विमल भण्डारीले गर्नुभएको थियाे ।












