दाङ, ५ माघ । प्रेस चौतारी दाङको दशौँ जिल्ला अधिवेशन यही माघ १९ गते हुने भएको छ । प्रेस चौतारी दाङको घोराहीमा शनिबार सम्पन्न कार्यसमिति बैठकले दाङको घोराहीमा अधिवेशन गर्ने निर्णय गरेको हो ।
बैठक प्रेस चौतारी दाङका अध्यक्ष प्रेमबहादुर राम्जाको अध्यक्षता तथा प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष सविन प्रियासनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । बैठकमा नेकपा एमाले दाङका उपाध्यक्ष मनोहर बुढाथोकी, प्रेस चौतारी लुम्बिनी प्रदेशका सहइन्चार्ज टीका बहादुर बस्नेत, नेकपा एमाले दाङ प्रचार विभाग प्रमुख संगीत बस्याल, चौतारी फाँट इन्चार्ज गणेश आचार्य, केन्द्रीय सदस्य सन्तोष दहित, प्रेस चौतारी लुम्बिनीका उपाध्यक्ष दशरथ घिमिरे, नेपाल पत्रकार महासंघ दाङका निवर्तमान अध्यक्ष दुर्गालाल केसी र नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव पाण्डव प्रसाद शर्माले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
बैठकले अधिवेशन सम्पन्न गर्नका लागि विभिन्न समिति गठन गरेको छ । अध्यक्ष प्रेमबहादुर राम्जाको संयोजकत्वमा सुधासुमन ढकाल, दिप्तीशिखा चौधरी, किरण गौतम र गोकर्ण पौडेल रहेको आर्थिक सहयोग सङ्कलन समिति, अध्यक्ष राम्जाकै संयोजकत्वमा सुधासुमन ढकाल, दिप्तीशिखा चौधरी, किरण गौतम, गोकर्ण पौडेल, एकराज भण्डारी र चन्द्र प्रकाश नेपाली सदस्य रहेको पुरस्कार छनौट समिति गठन भएको छ ।
यसैगरी सुधासुमन ढकाल संयोजक, वसन्त परियार, रमा नेपाली, प्रेमकुमारी बुढा सदस्य रहेको अतिथि सत्कार समिति, दिप्तीशिखा चौधरीको संयोजकत्वमा कपिल लामिछाने, सुरक्षा चौधरी, रामप्रसाद सुवेदी सदस्य रहेको मञ्च व्यवस्थापन समिति गठन भएको छ । साथै किरण गौतमको संयोजकत्वमा चन्द्रप्रकाश नेपाली, लक्ष्मी पोख्रेल, रामप्रसाद सुवेदी, एकराज भण्डारी सदस्य रहेको प्रचारप्रसार समिति, छवि पुरीको संयोजकत्वमा एकराज भण्डारी, माधव कँडेल र महेश बस्नेत सदस्य रहेको खाजा, खाना तथा आवास व्यवस्थापन समिति गठन गरेको सचिव किरण गौतमले जानकारी दिनुभयो ।त्यसैगरी बैठकले सदस्यता नवीकरणका लागि लमही क्षेत्रमा लक्ष्मी पोख्रेल, घोराही क्षेत्रमा चन्द्रप्रकाश नेपाली, तुलसीपुर क्षेत्रमा एकराज भण्डारी र तुलसीपुर पश्चिम क्षेत्रका लागि रामप्रसाद सुवेदीलाई जिम्मेवारी दिएको छ । साथै माघ १६ गतेभित्र सदस्यता नवीकरण गरिसक्न समेत सदस्यहरुमा अनुरोध गरेको छ ।
त्यसैगरी मंसिर २८ गते सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचनमा प्रेस चौतारी नेपालका तर्फबाट निर्वाचित हुनुभएका सम्पूर्णमा बधाइ ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । त्यसैगरी त्रिभुवननगर जेसीजको अध्यक्षमा प्रेस चौतारीका सदस्य टंक रावत (अनन्त) र त्रिभुवननगर जेसीजको उपाध्यक्ष एवं प्याब्सन घोराही नगर समितिको सदस्य तथा प्रवक्तामा निर्वाचित हुनुभएकोमा प्रेस चौतारी दाङका कार्यसमिति सदस्य महेश बस्नेतलाई समेत बधाइ ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । बैठकमा उपाध्यक्ष सुधासुमन ढकालले स्वागत गर्नुभएको थियो भने सहजीकरण सचिव किरण गौतमले गर्नुभएको थियो ।

