महेश बस्नेत
घोराही, १९ माघ । प्रेस चौतारी नेपाल दाङ शाखाको १० औं जिल्ला अधिवेशनबाट सुधासुमन ढकाल अध्यक्षमा निर्वाचित हुनुभएको छ । अधिवेशनको बन्द सत्रले ढकाललाई अध्यक्षमा निर्वाचित गरेको हो ।
शनिबार घोराहीमा सम्पन्न अधिवेशनले ढकालको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा बिमल योगी, समावेशी उपाध्यक्षमा लक्ष्मी पोख्रेल, सचिवमा निमु संगम घर्ती, कोषाध्यक्षमा चन्द्र प्रकाश नेपाली, सहसचिवमा सन्तोष खनाल र समावेशी सहसचिवमा भ्युमान पुन मगर निर्वाचित हुनुभएको छ ।
चौतारीको जिल्ला सदस्यमा महेश बस्नेत, सुशिला परियार, चेतन वली, दिपक वली, रामप्रसाद सुवेदी, कपिल लामिछाने, अनुप आचार्य, कैलाश घर्ती मगर, अभिषेक डाँगी, हिमाल विश्वकर्मा, अशोक नेपाली निर्वाचित हुनुभएको छ । यसैगरी अन्य सदस्यहरुमा अरुण नेपाली, सुरक्षा चौधरी, निशा कुमारी चौधरी, प्रेम कुमारी बुढा हिमाल खड्का, शैलेश अधिकारी, रमा नेपाली, राजकुमार विश्वकर्मा र दिपक चौधरी निर्वाचित हुनुभएको छ ।
प्रेस चौतारीको केन्द्रीय प्रतिनिधिमा दाङबाट दुर्गालाल केसी, वसन्त आचार्य, पाण्डव प्रसाद शर्मा, दिप्तीशिखा चौधरी, प्रेमबहादुर राम्जा र गोकर्ण पौडेल निर्वाचित हुनुभएको छ । यसैगरी प्रदेश प्रतिनिधिका लागि शान्ता खनाल, दिपक जिएम्, माधव कँडेल, वासुदेव न्यौपाने, निता चौधरी र नवराज शर्मा निर्वाचित हुनुभएको छ ।
चौतारीद्वारा सम्मान
प्रेस चौतारी नेपाल दाङ शाखाको १० औं जिल्ला अधिवेशनको उद्घाटन सत्रमा विभिन्न संघसंस्था र पत्रकारहरुलाई सम्मान गरिएको थियो । जिल्ला अध्यक्ष प्रेम बहादुर राम्जा मगरको अध्यक्षता एवम् प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष सविन प्रियासनको प्रमुख आतिथ्यतामा आयोजित अधिवेशनको उद्घाटन सत्रमा प्रेस चौतारी अविराम पत्रकारिता पुरस्कारबाट भुवन देवकोटालाई पुरस्कृत गरिएको छ । यसैगरी, प्रेस चौतारी प्रतिभा पुरस्कारबाट दिपक जिएम् र प्रेम कुमारी बुढा मगरलाई पुरस्कृत गरिएको छ ।
प्रेस चौतारी नेपाल दाङले सञ्चार माध्यमतर्फ सामुदायिक रेडियो हापुरे, प्रदेश टुडे डट कम र लौव अग्रासन साप्ताहिकलाई सम्मान गरेको छ । यसैगरी सहयोगी संस्थातर्फ नेपाल पत्रकार महासंघ दाङ शाखा, घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, नयाँ पाइला पुनर्स्थापना केन्द्र र बुद्ध इन्टरनेशनल हस्पिटललाई सम्मान गरेको छ ।
प्रेस चौतारी नेपाल दाङ शाखाकी उपाध्यक्ष सुधासुमन ढकालको स्वागत मन्तव्यबाट सुरुभएको उद्घाटन सत्रमा नेकपा एमालेका पोलिटव्युरो सदस्य एवम् घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, नेकपा एमाले दाङका अध्यक्ष शिवकुमार आचार्यले शुभकामना मन्तव्य राख्नुभएको थियो । यसैगरी नेकपा एमाले दाङका उपाध्यक्ष मनोहर बुढाथोकी, लुम्बिनी प्रदेश सञ्चार समन्वय परिषद सदस्य मिलन गाहा, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव पाण्डव शर्मा, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
प्रेस चौतारी नेपाल दाङ शाखाको उद्घाटन सत्रमा प्रेस युनियनका आर के शितल, प्रेस सेन्टरका हेमराज परिवर्तन, प्रगतिशील पत्रकार संघमा महेश रिजाल, जन पत्रकार संगठनका जङ्ग रेउलेले अधिवेशन सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सहजिकरण सचिव किरण गौतमले गर्नुभएको थियो ।

