दाङ, २१ माघ। दाङको घोराही उपमहानगरपालिका २ रामपुरमा रहेको ज्योतिपुञ्ज मोडेल इङ्लिस स्कुलमा सरस्वती मन्दिर निर्माण गरिएको छ । सरस्वती पूजाको अवसर पारेर सोमबार नवनिर्मित सरस्वती मन्दिरमा सरस्वती देविको मूर्तिको प्राणप्रतिष्ठा सहित वैदिक विधि अनुसार पूजापाठ गरि शुभारम्भ गरिएको छ

ज्योतिपुञ्ज मोडेल स्कुलभित्र मिनि हरियाली पार्कसँगै सरस्वती मन्दिर स्थापना गरिएको र सरस्वती मन्दिरमा विद्यार्थीहरुलाई पूजा गर्ने ब्यवस्था मिलाइने ज्योतिपुञ्ज एजुकेसन ग्रुपमा प्रवन्ध निर्देशक बालचन्द्र शर्माले जानकारी दिनुभयो । पढाइलेखाइसँगै विद्यार्थीलाई आफ्नो संस्कार, नियमित पूजापाठ लगायतका बानी सिकाउने गरि मन्दिरमा पूजापाठको ब्यवस्था मिलाउने गरि काम गारिने विद्यालयका प्रिन्सिपल शिव भण्डारीले जानकारी दिनुभयो ।

यसैबिच सरस्वती पूजाको अवसर पारेर वैदिक विधि अनुसार ज्योतिपुञ्ज मोडेल रामपुर र ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय घोराहीमा बालबालिकाहरु अक्षरारम्भ गराइएको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालयका प्रिन्सिपल बुद्धिराज अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस