विमल योगी
दाङ,२२ माघ । प्रेस चौतारी नेपालको २७ ओेैं स्थापना दिवसका अवसरमा घोराहीमा रक्तदान कार्यक्रम गरिएको छ । ‘समृद्धिका लागि सञ्चार कर्म, प्रेस चौतारीको मूल मर्म’ भन्ने नारा सहित प्रेस चौतारी दाङ शाखाले आयोजना गरेको रक्तदान कार्यक्रममा २८ जनाले रक्तदान गरेका थिए ।

चौतारीका अध्यक्ष सुधासुमन ढकालको अध्यक्षता एवम् प्रेस चौतारीका केन्द्रीय उपाध्यक्ष सविन प्रियासनको प्रमुख आतिथ्यता तथा नेकपा एमाले दाङका उपाध्यक्ष मनोहर बुढाथोकीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो । रक्तदान कार्यक्रममा एमाले दाङका उपाध्यक्ष मनोहर बुढाथोकी, चौतारीका केन्द्रीय उपाध्यक्ष सविन प्रियाशन, चौतारीका अग्रज नेताहरू सुदर्शन रिजाल, दुर्गालाल केसी, एमाले प्रचार विभाग प्रमुख संगित बस्याल, चौतारीका जिल्ला अध्यक्ष सुधासुमन ढकाल, उपाध्यक्षहरू विमल योगी, लक्ष्मि पोख्रेल, चौतारीका निवर्तमान सचिव किरण गौतम, एमाले नेताहरू विष्णु कालाथोकी, हुम बहादुर विक हमाल, उमेश विक, लाले सुनार, कलश सहकारी घोराहीका व्यवस्थापक प्रकाश अधिकारी, रामप्रसाद सुवेदी, प्रेम कुमारी बुढामगर, निमेश चौधरीले रक्तदान गर्नुभएको थियो ।

यस्तै निकाश वली, सुजन विक, हुकुमा डिसी, समीप थापा मगर, प्रदिप पुन मगर, महेश बस्नेत, निसा कुमारी चौधरी, अनुप आचार्य, प्रकाश पुन, रामहरी शर्मा, शालिकराम चौधरीले पनि रक्तदान गर्नुभएको थियो । नेपाल रेडक्रस सोसाइटी, व्लड बैंक घोराही, दाङसँगको समन्वयमा रक्तदान गरिएको थियो । सो अवसरमा रक्त सञ्चार केन्द्र घोराहीका प्रमुख दिलिप न्यौपानेको नेतृत्वमा आएको टोलीले प्राविधिक सहयोग गरेको थियो ।

चौतारीका उपाध्यक्ष विमल योगीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सहजिकरण सचिव निमुसंगम घर्तिले गर्नुभएको थियो ।

चौतारीको बैठक सम्पन्न

यसैबिच प्रेस चौतारी दाङको बैठक आज सम्पन्न भएको छ । चौतारीका अध्यक्ष सुधासुमन ढकालको अध्यक्षता एवम् प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष सविन प्रियासनको प्रमुख आतिथ्यता तथा नेकपा एमालेका प्रचार विभाग प्रमुख संगित बस्यालको विशिष्ट आतिथ्यतामा बैठक सम्पन्न भएको हो ।

बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रियासनले चौतारीलाई आम जनतासँग जोड्न प्रत्येक पालिकामा संगठन निर्माण गर्न आग्रह गर्नुभयो । संगठन बलियो भएमा मात्र व्यक्ति बलियो हुने र विभिन्न पद प्राप्त हुने उहाँको भनाई थियो । बैठकमा एमाले प्रचार विभाग प्रमुख संगित बस्याल, प्रेस चौतारीका केन्द्रीय सदस्य टीका बस्नेत, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव पाण्डव प्रसाद शर्मा, प्रेस चौतारीका लुम्बिनी प्रदेश कोषाध्यक्ष ओपेन्द्र बस्नेत, चौतारीका पूर्व सचिव प्रदिप पाण्डे लगायतले सम्वोधन गर्नुभएको थियो ।

उपाध्यक्ष लक्ष्मि पोख्रेलको स्वागत मन्तव्यबाट सुरू भएको बैठकले गत शनिबार सम्पन्न जिल्ला अधिबेशनमा सहभागी हुने प्रमुख अतिथि, अतिथि, सल्लाहकार लगायत सबै सदस्य र सहयोग गर्ने विभिन्न संघसंस्थालाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ । यस्तै आगामी फागुन ५ गते पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपि शर्मा वलिको उपस्थितिमा हुने जनसभाको प्रचारप्रसार तिब्र पार्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस