घोराही, २६ माघ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) घोराही नगर कमिटीद्वारा आयोजित किड्स ओलम्पियाडको तयारी पूरा भएको छ । आज बेल्झुण्डी रंगशालामा हुने ओलम्पियाडकाे सबै तयारी पूरा भएकाे आयाेजकले जनाएकाे छ ।

प्याब्सन घोराही नगर कमिटीले पहिलो पटक आयोजना गर्न लागेको किड्स ओलम्पियाड १ हजार ७ सय बालबालिकाहरुले एकसाथ नृत्य प्रस्तुत गर्ने संयोजक मानसिंह घर्तीले बताउनुभयो ।

प्रथम प्याब्सन घोराही किड्स ओलम्पियाड २०८१ नामाङ्करण गरिएको ओलम्पियाडमा घोराही प्याब्सनमा आबद्ध ३२ बिद्यालयका १ हजार ७ सय विद्यार्थीहरुको सहभागीता रहनेछ । त्यसैगरी, प्रत्येक विद्यार्थीका अभिभावकहरुको पनि सहभागीता रहने प्याब्सन घोराहीका अध्यक्ष बालकृष्ण ओलीले बताउनुभयो । उहाँले झण्डै ५ हजारको सहभागीतामा कार्यक्रम उद्घाटन गरिने बताउनुभयो ।

बाल उत्सवका रुपमा रहेको किड्स ओलम्पियाडमा विद्यार्थीहरुले आफ्ना क्षमताहरु प्रस्तुत गर्ने सचिव बिमल भण्डारीले जानकारी दिनुभयो । कूल पाँचवटा इभेन्ट प्रस्तुत गरिने ओलम्पियाडमा ३ वटा इभेन्ट कक्षागत रहने सचिव भण्डारीले जानकारी गराउनुभयो । कक्षा एलकेजी, युकेजी र एकका बिद्यार्थी सहभागी रहने ओलम्पियाडमा कूल सहभागी विद्यालयलाई ४ वटा समुहमा विभाजन गरि एकसाथ कार्यक्रम गरिने भण्डारीले बताउनुभयो ।

बालबालिकाहरुको शारीरिक, मानसिक, सामाजिक एवम् सम्वेगात्मक विकासमा टेवा पुग्ने गरि आयोजना गरिएको किड्स ओलम्पियाडले बालबालिकाहरुमा हर्ष, उमङ्ग, मनोरञ्जनका साथै प्रतिभा प्रस्फुटन गर्न प्रोत्साहित गर्ने प्रचाप्रसार संयोजक महेश बस्नेतले बताउनुभयो । कार्यक्रम तुलसीपुर उपमहानगरपालिका १८ स्थित बेलझुण्डी रंगशालामा बिहान ११ बजेदेखि सुरु गरिने बस्नेतले जानकारी गराउनुभयो । उहाँले सम्पुर्ण सञ्चारकर्मीहरुलाई कार्यक्रममा उपस्थित भइदिनहुन आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस