तुलसीपुर, ६ फाल्गुन । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले देश विकासको पहिलो आधार प्राविधिक शिक्षा भएको बताउनुभएको छ ।

तुलसीपुर बहुप्राविधिक शिक्षालय र तुलसीपुर मेट्रो कलेज तुलसीपुर १२ हरिपौरीको सभाहलको शिलन्यास कार्यक्रममा बोल्दै पोख्रेलले देश विकासका लागि प्राविधिक शिक्षामा लगानी गर्नुपर्नेमा जोड दिनुभयो । शिक्षालय सञ्चालक समितिका अध्यक्ष टिकाराम खड्काको अध्यक्षतामा भएको सभाहल शिलन्यास कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोख्रेलले आफुले अध्ययन गर्ने विषय अनुसारको उद्यमशिलतामा जोड दिन सुझाव दिनुभयो ।

त्यसैगरी कार्यक्रमका अर्का वक्ता राष्ट्रिय सभाका पूर्व सदस्य कोमल वलीले विद्यार्थीको क्षमता बृद्धिका लागि सभाहलको पनि महत्वपूर्ण भुमिका रहने बताउनुभयो । दक्ष जनशक्तिका रुपमा आफुलाई विकास गरेर आफ्नो सिप र दक्षतालाई स्वदेशमै लगाउन विद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।

शिक्षालयका संस्थापक अध्यक्ष घनश्याम पाण्डेले कलेजले दक्ष जनशक्ति उत्पादन गर्नेमा आफु विश्वस्त रहेको बताउनुभयो । लुम्बिनी प्रदेश सरकारको ८० लाख लागतमा यसै वर्ष सकिने गरि सभाहल निर्माण हुने शिक्षालय सञ्चालक समितिका अध्यक्ष टिकाराम खड्काले जानकारी दिनुभयो । उक्त अवसरमा सामाजिक विकास डिभिजन कार्यालय प्रमुख गिरिराज पाण्डे, भुमि आयोग दाङका अध्यक्ष हुकुम बस्नेतलगायतले आफ्ना धारणा राख्नुभएको थियो ।

शिक्षालय सञ्चालक समितिका उपाध्यक्ष स्यानी चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षालय प्रमुख वसन्त कुमार आचार्यले गर्नुभएको थियो

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस