महेश बस्नेत
घाेराही, १० फाल्गुन । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) घाेराही नगर कमिटीकाे निबन्ध र वक्तृत्वकला प्रतियोगिता शनिबार सम्पन्न भएकाे छ ।

प्याब्सन घाेराही नगर कमिटीका अध्यक्ष बालकृष्ण ओलीकाे अध्यक्षता एवम् केन्द्रीय सचिव यादव गिरीकाे प्रमुख आतिथ्यतामा आयाेजित प्रतियाेगिताहरुमा गाेरखा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कुल प्रथम भएकाे छ ।
कक्षा ९ देखि १० सम्मका लागि आयाेजित वक्तृत्वकला प्रतियोगितामा गाेरखा इन्टरनेशनल पब्लिक स्कुलका आयुष देवकाेटा प्रथम भएका थिए । यसैगरी, उक्त प्रतियोगितामा दिपशिखा आवासीय माध्यमिक विद्यालयकी तेजस्वी डाँगी द्वितीय, ज्ञानमाला एकेडेमीकी अदिती केसी तृतीय र जनज्योति विद्यामन्दिरका शक्तिम सुवेदी सान्त्वना भएका थिए ।

यसैगरी, कक्षा ११ देखि १२ सम्मका लागि आयाेजित निबन्ध लेखन प्रतियोगितामा गाेरखा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कुलका प्रदिप पुन र साधना बिक क्रमश: प्रथम र द्वितीय भएकाछन् । उक्त प्रतियोगितामा मेचिकाली सेकेन्डरी इङलिस बाेर्डिङ स्कुलकी सबिता चाैधरी तृतीय र जनज्योति विद्यामन्दिरकि सुनिशा शर्मा सान्त्वना भएकाछन् ।

वक्तृत्वकला प्रतियोगिताका निर्णायक मण्डलमा साहित्यकारहरु कमलमणि देवकाेटा, छमा पराजुली र दिपक समीर रहनुभएकाे थियाे भने निबन्ध प्रतियोगिताकाे निर्णायकमा डा. हिमलाल पन्थी रहनुभएकाे थियाे ।

उद्घाटन सत्रमा प्याब्सन लुम्बिनी प्रदेसका निवर्तमान सल्लाहकार महेन्द्र अधिकारी, जिल्ला अध्यक्ष निर्मल न्याैपाने, प्याब्सन दाङका वरिष्ट उपाध्यक्ष एवम् घाेराही नगर कमिटीका प्रमुख सल्लाहकार विरेन्द्र चन्दलगायतले शुभकामना मन्तव्य राख्नुभएकाे थियाे ।

प्याब्सन घाेराही नगर कमिटीका उपाध्यक्ष मानसिंह घर्तीकाे स्वागत मन्तव्यबाट सुरुभएकाे कार्यक्रमकाे सहजीकरण नगर सदस्य महेश बस्नेतले गर्नुभएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस