घाेराही, २२ फाल्गुन । गणित विषयका शिक्षकहरुका लागि शिक्षण तथा प्रश्न निर्माण सम्बन्धि एकदिने प्रशिक्षण सम्पन्न भएकाे छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन ) दाङकाे आयाेजनामा घाेराही उपमहानगरपालिका १० अम्राइस्थित हाेटल दाङ फन भ्यालीमा बिहीबार तालिम सञ्चालन गरिएकाे थियाे ।
प्याब्सन दाङका अध्यक्ष निर्मल न्याैपानेकाे अध्यक्षता एवम् प्याब्सनका निवर्तमान केन्द्रीय सदस्य केशव थापाकाे प्रमुख आतिथ्यतामा आयाेजित तालिममा आधारभूत र मावि तहका गणित शिक्षकहरुलाई प्रशिक्षण दिइएकाे थियाे ।
रिडकाेर पब्लिकेसन्सकाे सहकार्यमा सञ्चालित तालिममा घाेराही र तुलसीपुर क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयका गणित शिक्षकहरुकाे सहभागिता रहेकाे थियाे । उक्त तालिमकाे प्रशिक्षकमा रिडमाेर पब्लिकेसन्सका लेखक एवम् गणित विषय विज्ञ डि. आर. सिम्खडा रहनुभएकाे थियाे ।
प्याब्सन दाङका बरिष्ठ उपाध्यक्ष विरेन्द्र चन्दकाे स्वागत मन्तव्यबाट सुरु भएकाे तालिमकाे सहजीकरण प्याब्सन दाङका सदस्यद्वय बिष्णु हमाल र हरिप्रसाद पाैडेलले गर्नुभएकाे थियाे ।












