घाेराही, २३ फाल्गुन । घाेराही उपमहानगरपालिका १६ सर्रास्थित ज्ञानमाला एकेडेमीले एस्.ई.ई. २०८१ का विद्यार्थीलाई बिदाइ गरेकाे छ ।
कक्षा ९ का विद्यार्थीले शुक्रबार एक औपचारिक कार्यक्रम गरि एस्.ई.ई. २०८१ मा सहभागी हुने विद्यार्थीलाई विद्यालयबाट बिदाइ गरेकाछन् । कक्षा ९ की छात्रा स्मारिका चाैधरीकाे अध्यक्षता एवम् विद्यालयका प्रिन्सिपल महेश बस्नेतकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा विद्यार्थीहरुले गीत, नृत्य र कविता प्रस्तुत गरेका थिए ।
उक्त कार्यक्रममा कक्षा ९ का विद्यार्थीहरुले बिदाइ भएर जाने कक्षा १० का विद्यार्थीहरुलाई मायाकाे चिनाे प्रदान गरेका थिए । कार्यक्रम समापनपछि कक्षा ९ की छात्रा अदिति केसीले तयार पारेकाे कक्षा १० का बिद्यार्थीहरुकाे विगतदेखि वर्तमानसम्मका गतिविधिहरु समेटिएको भिडियाे डकुमेन्ट्री प्रस्तुत गरिएकाे थियाे ।
बिदाइ कार्यक्रममा बिदाइ भएर जाने विद्यार्थीहरुले विद्यालयबाट असल शिक्षा र मार्गदर्शन प्राप्त गरेकाे बताएका थिए । उनीहरुले पारिवारिक वातावरणमा शिक्षा प्राप्त गरेकाे उल्लेख गर्दै पछिल्ला बर्षहरुमा ज्ञानमाला एकेडेमीले विद्यार्थीहरुकाे क्षमता विकासमा केन्द्रित रहेर गरेका गतिविधिले विद्यालयकाे उन्नति भएकाे चर्चा गरेका थिए ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल महेश बस्नेतले एस्.ई.ई.पछि भाैतिकरुपमा टाढा भएपनि भावनात्मकरुपमा सबै एकअर्काको सामिप्यतामा रहिरहनुपर्ने बताउनुभयाे । उहाँले विद्यार्थीहरुले विद्यालयबाट सिकेका जीवन उपयोगी व्यावहारिक र शैक्षिक ज्ञान सिपहरु अन्य क्षेत्रमा लागू गर्न आग्रह गर्नुभयाे ।
कक्षा ९ का छात्र सनिश केसीकाे स्वागत मन्तब्यबाट सुरु भएकाे कार्यक्रममा शिक्षिका मिना याेगी, कक्षा १० का विद्यार्थीहरु शिद्धान्त भट्टराई, बुद्धिप्रकाश चाैधरी, बेबिका श्रेष्ठ र करुणा ओलीले बिदाइ मन्तव्य राख्नुभएकाे थियाे । यसैगरी, उक्त कार्यक्रममा कक्षा ९ का विद्यार्थीहरु सविना चाैधरी, समीर सार्की र क्रिस बुढा मगरले मन्तव्य राख्नुभएको थियाे ।
कार्यक्रमकाे सञ्चालन कक्षा ९ का छात्रा अदिति केसी र छात्र जेम्स बिष्टले गर्नुभएकाे थियाे । यस वर्षकाे एस्.ई.ई.मा ज्ञानमाला एकेडेमीबाट १७ जना विद्यार्थीहरु सहभागी हुँदैछन् ।

