घाेराही, २४ फाल्गुन । घोराही उपमहानगरपालिका वडा नम्बर १७ गुलरियास्थित मदन भण्डारी मेमोरियल स्कुलले एसईई २०८१ मा सहभागी हुने विद्यार्थीलाई बिदाइ गरेकाे छ । शुक्रबार एक कार्यक्रम गरि विद्यालयले यहि आउँदो चैत्र ७ गतेदेखि हुन गइरहेकाे एसईई परीक्षामा सम्मिलित हुने विद्यार्थीहरुलाई औपचारिकरुपमा बिदाइ गरेको छ ।

कक्षा ९ का छात्र दिपसन अधिकारीको अध्यक्षता एवम् वडा नम्बर १७ का वडा अध्यक्ष रामलौटन चौधरीकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज अधिकारी, विद्यालयका प्राचार्य बिमल भण्डारीले शुभकामना मन्तव्य राख्नुभएको थियाे । यसैगरी उक्त कार्यक्रममा सहायक प्राचार्य तारा चौधरी, शिक्षक शोभकान्त अधिकारी, एन बि पुन, विद्यार्थी श्रीया चौधरी, तुलसा रावत, अजय पुनलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियाे ।बिदाइ कार्यक्रममा विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए ।

कक्षा ९ कि छात्रा सोफिया खत्रीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन कक्षा ९ का छात्र बिपिन चौधरीले गर्नुभएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस