दाङ, २६ फाल्गुन । नेकपा एमालेका केन्द्रीय सदस्य काेमल ओलीले छाेरीहरुले धेरै पढ्नुपर्नेमा जाेड दिनुभएको छ । अखिल नेपाल महिला संघ तुलसीपुर नगर कमिटीले ११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा तुलसीपुरमा आयोजना गरेकाे अन्तरक्रिया तथा सम्मान कार्यक्रममा बाेल्दै ओलीले यस्ताे बताउनुभएको हाे ।
कार्यक्रमकी प्रमुख वक्ता समेत रहनुभएकी ओलीले अबकाे समयमा शिक्षाबिना अगाडि बढ्न नसकिने स्पष्ट पार्नुभयाे । कसैकाे भनसुनमा पदमा पुग्न त सकिएला तर उक्त पद र क्षेत्रलाई न्याय गर्न नसकिने भन्दै उहाँले सक्षम हुन महिलाहरुलाई आग्रह गर्नुभयो ।
नगर कमिटीका अध्यक्ष लालमती भण्डारीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा बाेल्दै अनेम संघका केन्द्रीय सदस्य तुलसा केसीले जब महिलाहरू आर्थिक रूपमा सक्षम हुन्छन्, तब समाज नै समृद्ध बन्ने बताउनु भयाे । उहाँले जब महिलाहरू शिक्षित हुन्छन्, तब पुस्तौँ पुस्ताले उज्ज्वल भविष्य पाउँने उल्लेख गर्नुभयाे। केन्द्रीय सदस्य केसीले सबै मिलेर महिलाहरूलाई सीपमूलक तालिम, आधुनिक कृषि प्रविधि, स्वरोजगारका अवसर र स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गराउनुपर्ने कुरामा जाेड दिनुभयो ।
नगर इञ्चार्ज गीता रानाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा अनेम संघका केन्द्रीय सल्लाहकार विष्णु शर्मा, संविधान सभा सदस्य शारदा स्वर्णाकार, लुम्बिनी प्रदेश सभा सदस्य रेखा शर्मा, नेकपा एमाले प्रदेश कमिटी सदस्यहरु सिमा न्याैपाने, विनाेद शर्माले आफ्ना धारणा राख्नुभएको थियाे । उक्त कार्यक्रममा नेकपा एमालेका दाङका उपसचिव भुवनेश्वर पाैडेल, जिल्ला सदस्यहरु तुलसा पाेख्रेल, गंगा ओली, तुलसीपुर उपमहानगरपालिकाका पुर्व उपप्रमुख माया शर्मा, वर्तमान उपप्रमुख स्यानी चाैधरीले पनि मन्तव्य व्यक्त गर्नुभएकाे थियाे । यसैगरी, अनेम संघका जिल्ला अध्यक्ष लक्ष्मी शर्मा, क्षेत्रिय संयाेजक यमुना परियार, सचिव बसन्ता केसी, शुभलक्ष्मी आमा समुहका अध्यक्ष दिपा परियार १३ नं वडाका वडा सदस्य बिमला शर्मा, प्रेस चाैतारी दाङका अध्यक्ष सुधासुमन ढकाल लगायतले बाेल्नु भएको थियोे ।
उक्त अवसरमा श्रमिक महिलाहरु रामकली नेपाली र चिन्ता नेपालीलाई सम्मान गरिएकाे थियाे । यसैगरी, सांगीतिक कार्यक्रम प्रस्तुत गरे बापत कृष्णी केसी ,अनिता भण्डारी र लक्ष्मी परियारलाई सम्मान गरिएको थियो । उक्त कार्यक्रमकाे सहजिकरण नगर सचिव मेनुका पन्थीले गर्नुभएको थियोे ।

