काठमाडौं, २७ फाल्गुन । राष्ट्रिय राजमार्गहरुमा मर्मतसम्भारका निम्ति बजेट नछुट्याइदा पटकपटक दुर्घटनाहरु हुने गरेकाे प्रतिनिधि सभा सदस्य मेनका कुमारी पाेख्रेलले बताउनुभयाे ।
प्रतिनिधि सभाकाे मंगलबार बसेकाे बैठकमा बाेल्दै सांसद पाेख्रेलले राजमार्गहरुकाे मर्मतसम्भारतर्फ सरकारकाे ध्यान जान जरुरी रहेकाे उल्लेख गर्नुभयाे । एमसिसि परियाेजनाबाट बन्ने भनिएकाे भालुवाङदेखि लमहीसम्मकाे सडककाे मर्मतका लागि बजेट नहुँदा विभिन्न समयमा दुर्घटना हुने गरेकाे सांसद पाेख्रेलले उल्लेख गर्नुभयाे ।
प्रतिनिधि सभाकाे बैठककाे शून्य समयमा बाेल्दै सांसद पाेख्रेलले एक्जिम बैंकसँग भएकाे सम्झाैता अनुसार घाेराही तुलसीपुर सडककाे निर्माणमा व्यवसायीले अलपत्र बनाउँदा थुप्रै मानिसले ज्यान गुमाउनु परेकाे उल्लेख गर्नुभयाे । उहाँले राष्ट्रिय राजमार्गहरुकाे मर्मतसम्भार नहुँदा ट्राफिक व्यवस्थापनमा समेत समस्या परेकाे बताउनुभयाे ।

