दाङ, २ चैत । घाेराही हार्डवेयर तथा पेन्ट व्यवसायी समितिकाे चाैथाे साधारणसभा शनिबार घाेराहीमा सम्पन्न भएकाे छ ।

समितिका अध्यक्ष दामाेदर केसीकाे अध्यक्षता एवम् दाङ जिल्ला उद्योग वाणिज्य संघका महासचिव महेन्द्र बुढाथोकीको प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न भएकाे हाे ।

सभालाई सम्बाेधन गर्दै प्रमुख अतिथि बुढाथोकीले व्यावसायिक सुरक्षाका लागि व्यवसायीहरू सङ्गठित हुन जरूरी रहेकाे बताउनुभयाे । `व्यवसायीकाे लगानी सुरक्षित हुन जरूरी छ । यसका लागि एक्लैले राज्यलाई घच्चघच्याउन सकिदैन साङ्गठनिक रूपमा राज्यलाई खबरदारी गर्न, आफ्ना माग राख्न सहज हुन्छ । यसका लागि दाङ जिल्ला उद्योग वाणिज्य संघ सदैव तपाईहरूसँगै रहेकाे छ ।´ बुढाथोकीले बताउनुभयाे ।

साधारणसभामा बाेल्दै विशिष्ट अतिथि तथा साेनापुर सिमेन्टका प्रतिनिधि बिरेन्द्र खड्काले लगानी सुरक्षाका लागि व्यवसायीका बिचमा रहेकाे अस्वस्थ प्रतिस्पर्धालाई निर्मूलीकरण गर्न आवश्यक रहेकाे बताउनुभयाे । अर्का विशिष्ट अतिथि तथा घाेराही सिमेन्टका डिस्ट्रिब्युटर्स अभ्यास बुढाथाेकीले व्यवसायीका समस्या समाधानका लागि सङ्गठन आवश्यक रहेकाेमा जाेड दिनुभयाे ।

सभामा समितिका सल्लाहकार फणिराज पाेख्रेल, उपाध्यक्ष अमरराज भुसाल, पञ्चकन्या ग्रुपका फिराेज वली, नेपाटप सेल्स प्रालिका माधव भण्डारी, डल्फिन पाइप फिटिङका आकाश कवर, ओम शिवम् पाइप फिटिङका मिलन थापा लगायतले शुभकामना मन्तव्य राख्नुभएकाे थियाे ।

उक्त साधारणसभामा समितिका सचिव किरण किशोर रेग्मीले साङ्गठनिक प्रतिवेदन र काेषाध्यक्ष पदम प्रसाद भण्डारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएकाे थियाे ।

समितिका सदस्य गाेकर्ण पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएकाे साधारणसभालाई कनिका खबरका सम्पादक आदिम केसीले सहजीकरण गर्नुभएको थियाे ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस