दाङ, ४ चैत । घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–१८ बेलझुण्डीमा आज भएको बस दुर्घटनामा १४ जना घाइते भएकाछन् ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको रा १ ख ३१२६ नम्बरको बस तुलसीपुर–१८ बेल्झुण्डी नजिकै दिउँसो २ बजे मोटरसाइकलसँग ठोक्किदा दुर्घटना भएको थियो ।
उक्त दुर्घटनामा परी घाइते हुनेमा गाडी धनि तुलसीपुर–१० निवासी ६२ बर्षीय झक बहादुर बस्नेत, गाडीमा सवार तुलसीपुर–१८ निवासी २९ बर्षीया सुष्मा नेपाली, तुलसीपुर–६ निवासी ३६ बर्षीया लक्ष्मी गौतम, सोही ठाउँ निवासी ६१ बर्षीया धनी केसी, तुलसीपुर–१२ निवासी ४० बर्षीया बुद्धि खत्री, सोही ठाउँकी ३३ बर्षीया रिता नाथ रहनुभएकाे छ । यसैगरी अन्य घाइतेहरूमा तुलसीपुर–७ निवासी ४० बर्षीय भुप बहादुर बस्नेत, तुलसीपुर–५ निवासी १९ बर्षीय प्रतिक बुढाथोकी, सोही ठाउँ निवासी १७ बर्षीय डम्बर बुढाथोकी, शान्तिनगर गाउँपालिका–४ की ३५ बर्षीया कल्पना पौडेल, दंगीशरण–४ निवासी २१ बर्षीया लक्ष्मी चौधरी हुनुहुन्छ । यसैगरी सल्यानको दार्मा गाउँपालिका–१ का १८ बर्षीया यसोदा वली र मोटरसाइकल चालक तुलसीपुर–१८ का ३६ बर्षीय निम बहादुर बिक घाइते रहेकाे इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभएकाे छ ।
तुलसीपुरतर्फ जाँदै गरेको रा ६ प २६२९ नम्बरको मोटरसाइकलले बसलाई ओभरटेक गरी एक्कासी मोड्ने क्रममा बस अनियन्त्रित भएर सडक किनारमा पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार बसले ब्रेक लगाएपनी मोटरसाइललाई सामान्य ठक्कर दिदा मोटरसाइकल चालक पनी घाइते भएका हुन् ।
घाइते मध्ये तुलसीपुर- ६ निवासी ६१ बर्षीया धनी केसीको अवस्था गम्भिर रहेको र अन्य सबैको अवस्था सामान्य रहेकाे र घाइतेहरूको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बस चालक तुलसीपुर–१८ बिजौरी निवासी १८ बर्षीय बाबुराम नेपाली सामान्य घाइते भएको र उनी प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।


