जेठ १९, काठमाडौं — संयुक्त जनआन्दोलन समितिले आज साेमबारका लागि घोषणा गरेको काठमाडौं उपत्यका बन्द कार्यक्रम फिर्ता लिएको छ। समितिका संयोजक नवराज सुवेदीले एक विज्ञप्ति जारी गर्दै बन्द कार्यक्रम फिर्ता गरिएको जानकारी दिनुभएको हो।

विज्ञप्तिमा हिजो आइतबार काठमाडौंमा भएको प्रदर्शनका क्रममा पक्राउ परेका नेताहरू रिहा भइसकेकाले बन्द कार्यक्रम फिर्ता लिइएको उल्लेख गरिएको छ।

यसअघि, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सामाजिक सञ्जाल फेसबुकमार्फत उपत्यका बन्द कार्यक्रममा राप्रपाको सहभागिता नहुने स्पष्ट पार्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस