तस्बीरः एजेन्सी

जेठ २०,

भारतको सिक्किम राज्यमा लगातारको मुसलधारे वर्षापछि आएको पहिरोका कारण तीन जना सैनिकको मृत्यु भएको छ भने अन्य ६ जना बेपत्ता भएका छन्। भारतीय सेनाले एक विज्ञप्ति जारी गर्दै वर्षासँगै गएको पहिरो गएराति सेनाको क्याम्पमा खसेको जानकारी दिएको छ।

यसैबीच, मनसुनजन्य अविरल वर्षाका कारण आएको बाढी र पहिरोले भारतको पूर्वोत्तर क्षेत्रमा कम्तीमा ३० जनाको ज्यान गएको छ। बाढी र पहिरोका कारण असम राज्यका १५ वटा जिल्लामा झन्डै १ लाख मानिस प्रभावित भएका छन्।

अविरल वर्षाका कारण असमका १२ जिल्लाका १ सय ७५ गाउँ जलमग्न भएका छन्। अत्यधिक वर्षाका कारण सडक यातायात र रेल सेवा समेत अवरुद्ध भएका छन्। उत्तर सिक्किमका लाचेन र लाचुङ क्षेत्रका सडकहरू अवरुद्ध हुँदा १ हजार ५ सयभन्दा बढी पर्यटक त्यहीँ अलपत्र परेका छन्।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस