जेठ २०, काठमाण्डाैँ ।
आज (मंगलबार) प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १:१५ बजेका लागि बोलाइएको छ। संघीय संसदमा जेठ १५ गते बजेट प्रस्तुत भएपछि आज पहिलोपटक बैठक बस्न लागेको हो। बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि छलफल सुरु गर्ने कार्यसूची तय गरिएको छ।

गृह मन्त्रालयका सहसचिव तीर्थ भट्टराई भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा परेपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठ ‘लेखक’को सचिवालयका सदस्यहरू समेत मुछिएका छन्। त्यस कारण विपक्षी दलहरूले गृहमन्त्रीमाथि पनि छानबिन हुनुपर्ने माग गरेका छन्। साथै, छानबिनलाई सहज बनाउन मन्त्री लेखकले राजीनामा दिनुपर्ने उनीहरूको माग छ।

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले गृहमन्त्री लेखकले राजीनामा नदिएसम्म संसद चल्न नदिने बताएका छन्। बजेट भाषणको भोलिपल्ट, अर्थात् जेठ १६ गते बसेको माओवादी केन्द्रको बैठकले पनि राजीनामा नभएसम्म संसदमा अवरोध गर्ने निर्णय गरेको थियो।

यस्तै, रास्वपाको संसदीय दलले जेठ १९ गते बसेको बैठकमा गृहमन्त्रीमाथि उच्चस्तरीय छानबिन आयोगमार्फत अनुसन्धान हुनुपर्ने अडान दोहोर्याएको छ। रास्वपाले छानबिनअघि गृहमन्त्रीले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने माग यथावत् राख्ने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस