जेठ २०, पोखरा । गण्डकी प्रदेश सरकारले राइड सेयरिङसम्बन्धी नियमावलीको कार्यान्वयन एक महिनाका लागि स्थगित गर्ने निर्णय गरेको छ।मुख्यमन्त्री कार्यालयका एक अधिकारीका अनुसार संघीय सरकारले पठाएको पत्रका आधारमा नियमावलीलाई अस्थायी रूपमा रोक्ने निर्णय गरिएको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मङ्गलबार नियमावली कार्यान्वयन रोक्न प्रदेश सरकारलाई पत्र पठाएको थियो। उक्त पत्र प्राप्त भएपछि मुख्यमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले सम्बन्धित मन्त्री तथा पदाधिकारीहरूसँग छलफल गरेका थिए।
छलफलपछि एक महिनासम्म नियमावली स्थगित गर्ने र यस अवधिमा यातायात व्यवसायीहरूसँग संवाद गर्ने निर्णय गरिएको ती अधिकारीले जानकारी दिए।












