जेठ २१, दाङ – दाङको तुलसीपुरमा साथीको कुटपिटबाट एक व्यक्तिको मृत्यु भएको छ। रुकुमको बाफिकोट स्थायी घर भई तुलसीपुर उपमहानगरपालिका–८ दुधेनामा बसोबास गर्ने विशाल गिरीको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

प्रहरीका अनुसार, दुई दिनअघि बेलुका गिरीलाई उनका साथी यज्ञ वलीले कुटपिट गरेका थिए। कुटपिटबाट घाइते भएका गिरीलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज लगिएको थियो।

टाउकोमा गम्भीर चोट लागेका गिरीको उपचारका क्रममा गएराति मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । कुटपिटमा संलग्न यज्ञ वलीलाई प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस